दिपेश चाैधरी

लामो समयदेखि पत्रकारितामा सक्रिय चाैधरी रेडियोकर्मी समेत हुन्।

चितवन - नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को साताैँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएकाे छ । 

महाधिवेशन माघ ७ र ८ गते चितवनको पर्यटकीय नगरी सौराहामा हुन लागेकाे हाे । महाधिवेशनकाे तयारीका लागि फोनिज केन्द्रीय समितिका पदाधिकारीहरूले फोनिज चितवनका समितिसँग शुक्रबार विशेष भेटघाट तथा छलफल गरेका छन् ।

भौगोलिक दृष्टिकोणले पनि चितवन पायक पर्ने भएकाले सौराहालाई महाधिवेशन स्थल छानिएको फोनिजका अध्यक्ष डण्ड गुरुङले जानकारी दिए । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा परिचत र हरेक दृष्टिकोणले सुविधा सम्पन्न भएकोले महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न सहज हुने गुरुङले जानकारी दिए ।

महाधिवेशनका लागि देशैभरका ६० वटा जिल्ला शाखाका प्रतिनिधिहरुको उपस्थिति हुने फोनिज केन्द्रका महासचिव मनोज घर्ती मगरले जानकारी दिए ।

महासचिव मगरका अनुसार ४ सय बढी महाधिवेशन प्रतिनिधिहरू चितवन आउने भएका हुन् । बैठकमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रका अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ उपाध्यक्ष गर्जुधन राई, महासचिव मनोज घर्ती मगर र कोषाध्यक्ष अमरध्वज तामाङ, बागमती प्रदेश फोनिजका उपाध्यक्ष राजेश रुम्बा तामाङ, फोनिज चितवनका संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, निवर्तमान अध्यक्ष सन्दिप श्रेष्ठलगायतको उपस्थिति थियो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

दिपेश चाैधरी

लेखकबाट थप...