काठमाडौं - नेपाली क्रिकेट टोलीले युनाइटेड अरव इमिरेट्स (यूएई)मा आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखला खेल्ने भएको छ । 

नेपालले मार्चमा यूएई र पपुवा न्युगिनी (पीएनजी)सँग त्रिदेशीय शृंखला खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार मार्चमा त्रिदेशीय शृंखला हुने भए पनि मितिको टुंगो लागेको छैन । नेपालले खेल्ने शृंखला मार्च तेस्रो साता हुने सम्भावना रहेको बताइएको छ । नेपालले आईसीसी क्रिकेट क्रिकेट विश्वकप लिग–२ मा अहिलेसम्म दुईवटा शृंखलामात्र खेलेको छ । नेपालले ओमान र अमेरिकासँग २०२० मा काठमाडौं र गत असोजमा ओमानमा त्रिदेशीय शृंखला खेलेको थियो ।

आठ खेलबाट आठ अंक जोडेको नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । २२ खेलबाट २९ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । १२ खेलबाट १६ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । १६ खेलबाट १४ अंक जोडेको अमेरिका तेस्रो स्थानमा छ । 

९ खेलबाट ११ अंक जोडेको यूएई चौथो स्थानमा छ । ९ खेलबाट १० अंक जोडेको नामिबिया पाँचौं स्थानमा छ । १२ खेलमा अंकविहीन रहेको पीएनजी सातौं स्थानमा छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...