एजेन्सी - इण्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणका लागि हुने अक्सनमा नेपालबाट सन्दीप लामिछानेमात्र सूचीकृत भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले नेपालबाट १५ जना खेलाडीको नाम दर्ता गराएको थियो । तर, आईपीएलले अक्सनका लागि नेपाली राष्ट्रिय टिमका कप्तान लेग स्पीनर सन्दीप लामिछानेलाई मात्र समावेस गरेको हो । 

यसअघि आईपीएलमा १२ सयभन्दा धेरै खेलाडी दर्ता हुँदा नेपालबाट १५ जना दर्तामा थिए । तर, आईपीएलले सो सूचीबाट अन्य खेलाडीलाई हटाउँदै ५९० खेलाडीलाई मात्र समावेस गरेको छ ।

सन्दीपको बेस प्राइज ४० लाख भारु राखिएको छ । सन्दीपले यसअघि तीन संस्करण दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिसकेका छन् । यही फेब्रुअरी १३ र १४ मा मेगा अक्सन हुँदैछ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...