एजेन्सी- गाब्रियल मार्टिनेलीको दुई गोलकाे सहयाेगमा लण्डन क्लब आर्सनलले लिड्स युनाईटेडलाई ४–१ काे गाेल अन्तरले पराजित गरेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई पराजित गरेकाे हाे ।

लिड्सको घरेलु मैदान इलान्ड रोडमा भएको खेलमा आर्सनललाई जिताउँन मार्टिनेलीले दुई गोल गर्दा बुकायो साका र इमिली स्मिथ रोले एक एक गोल गरे । घरेलु टोली लिड्सका राफिन्हाले सान्त्वना गोल फर्काए । 

जितसँगै आर्सनल १८ खेलबाट ३२ अंक जोड्दै चौथो स्थानमा छ । यता, लिड्स भने समान खेलबाट १६ अंक सहित १६ औं स्थानमा छ । १७ खेलमा ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्षस्थानमा छ ।  
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...