काठमाडौँ - रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवेदन दिएकामध्ये अन्तिम पाँच जनाको अन्तर्वार्ता लिएको छ । 

क्यानले बुधबार अन्तिम चरणका पाँच प्रशिक्षकसँग अन्तर्वार्ता लिएको हो । यसअघि क्यानको कार्यसमितिको बैठकले पाँच सदस्यीय प्रशिक्षक समिति गठन गरेको थियो । 

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् । समितिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषदका एक प्रतिनिधिसमेत छन् ।

क्यानका अनुसार मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको थियो । जसबाट पहिलो चरणमा १५ र दोस्रो चरणमा पाँच जनाको अन्तर्वार्ता लिईएको हो । यद्यपि क्यानले नाम भने खुलाएको छैन ।  

मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि क्यानले १ कात्तिकमा मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको होे । 

आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि ह्वाटमोरले नेपाली टिम छाड्दा टोली प्रशिक्षकविहीन रहेको छ । 

क्यानले अन्तिम पाँच जनाको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा पठाएको छ । आईसीसीको परामर्शमा अन्तिम एकको नाम टुंगो लाग्नेछ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...