एजेन्सी- ठूलो आन्द्राभित्रबाट ट्युमर हटाउन शल्यक्रियापछि ब्राजिलका पूर्व पुटबल खेलाडी उड्सन आरान्तेस दो नासिमेन्तो (पेले) को स्वास्थ्यमा सुधार आएको उनकी छोरी केलीले बताएकी छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिले शताब्दी–खेलाडीको उपाधिद्वारा सम्मानित ८० वर्षीय पेलेलार्ई फेरि सघन उपचार कक्षमा भर्ना गरिएको रिपोर्टहरूपछि आएका थिए । यस्ता अफबाहलाई सम्बोधन गर्न छोरी केलीले अस्पतालको ओछ्यानमा बसिरहेका आफ्नो बुबाको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेकी छन्, “मलाई थाहा छैन कि यहाँ के हल्ला चलिरहेको छ तर मेरा सपनाहरू फस्टाइरहेको छन् ।”

Pelé in 'semi-intensive' care, daughter says he's doing well | Marca

उनले अझ अगाडी लेखेकी छन्, "आजभोलि संसारमा धेरै चिन्ता छाएको छ र हामी अझ बढी चिन्ताको कारण बन्न चाहँदैनौं । यो फोटो अहिले नै खिचिएको हो । उहाँ निको हुँदैहुनुहुन्छ । उहाँलाई चिकित्सकको निगरानीमा राखिएको छ ।”

नियमित परीक्षणको दौडान ट्युमर फेला परेपछि पेलेको सेप्टेम्बर ४ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा शल्यक्रिया गरिएको थियो । उनलाई मंगलबारको सघन उपचार कक्षबाट सामान्य शै्ययामा सारिएको छ ।

तीन पटकको विश्वकप विजेता पेलेले कम्मरको शल्यक्रियाका साथै मिर्गौला र प्रोस्टेटको अवस्थासम्बन्धी एकपछि अर्को स्वास्थ्य समस्याहरूसँग सङ्घर्ष गर्दै आइरहेका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...