काठमाडौं-  एएफसी महिला एसियन कप छनोट २०२२ अन्तर्गत  अन्तर्गत समूहको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानस्थित तास्केन्तमा भएको खेलमा नेपालले अन्तिम समयमा लगातार दुई गोल खाएपछि २-१ को हारेको हो । 

नेपालको लागि खेलको १० मिनेट बिमला चौधरीले गोल गरेकी थिइन् । पहिलो हाफमा नेपालको अग्रता भएपनि खेलको अन्त्यतिर नेपालले दुई गोल खाँदा पराजित भएको हो । 

फिलिपिन्सले खेलको ९० अ‍ौं र इन्जुरी समयमा दुई गोल गर्दै नेपाललाई पराजयको स्वाद चखाएको हो । यस जितसँगै फिलिपिन्सले पहिलो खेलमा ३ अंक जोडेको छ । नेपालले अब अर्को खेलमा मंगलबार हङकङको सामना गर्नेछ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...