तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ३१ अगस्तले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँः

सरकार मजदुरहरूका अगाडि झुक्याेः

अगस्त ३१, १९८० का दिन पोल्याण्डको कम्युनिस्ट सरकार मजदुरहरूका अगाडि झुक्नुपर्यो । आर्थिक प्रतिबन्धका कारण महँगाइको सामाना गरिरहेको तत्कालीन पोल्याण्डमा सबै वस्तु र सेवा महँगो भएपनि मजदुरहरूको पारिश्रमिक भने बढेको थिएन । 

परिणामस्वरूप मजदुरहरूले आन्दोलनका शुरू गरे । आन्दोलनको नेतृत्व लेक वेलेसा नामक मजदुर नेताले गरेका थिए । मजदुरहरू पानी जहाज निर्माणमा संलग्न थिए ।

मजदुरहरूले पोल्याण्डको नन्स सहरबाट प्रदर्शन शुरू गरे । आन्दोलनकै बीच करिब १७ हजार भन्दा बढी मजदुर हड्तालमा बसे । मजदुरहरूले अभिव्यक्तिको आजादी, ट्रेड युनियन बनाउन पाउनुपर्ने, राजनीतिक बन्दीहरूको रिहाइ तथा पारिश्रमिकमा बढोत्तरी लगायतका माग राखेका थिए । 

आन्दोलन घनीभूत रूपमा अघि बढेपछि अन्ततः सरकार झुक्नुपर्यो । तत्पश्चात भने पोल्याण्डमा सैन्य शासन लागू भयो ।


सांकेतिक तस्वीर । स्राेतः राेर हिन्दी 


उत्तर कोरियाको पहिलो भूउपग्रह प्रक्षेपण

आणविक शक्तिशाली मुलुक उत्तर कोरियाले सन् १९९८ मा पहिलो पटक भूउपग्रह प्रक्षेपण गरेको थियो । क्वाङमोङसोङ–१ नाम दिइएको सो स्याटलाईट सफलतापूर्वक  प्रक्षेपण गरेको कोरियाली सरकारको दाबी छ । तर, विश्वभरका प्रायः अन्तरिक्ष निकायले सो प्रक्षेपणको सफलताबारे आशंका गरिरहेका छन् ।

रसियाली सेनाले इस्टोनिया छोडे

सोभियत युनियनबाट स्वतन्त्र भएको घोषणा गरेको तीन वर्षपछि सन् १९९४ मा रसियाली सेनाले इस्टोनिया छोडेको थियो । दोस्रो विश्वयुद्धको समय अर्थात सन् १९४४ मा सोभियत युनियनले इस्टोनिया ओगटेको थियो । त्यसअघि सन् १९४१ देखि सन् १९४४ सम्म इस्टोनिया नाजी जर्मनीको नियन्त्रणमा थियो ।

उज्वेकस्तानद्वारा स्वतन्त्रताको घोषणा

मध्ये अमेरिकी मुलुक उज्वेकस्तान १९औं शताब्दीमा रसियाली सम्राज्यबादको एउटा अंश बनेको थियो । सन् १९९१ मा उज्बेकस्तानले सोभियत युनियनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो ।

मलायाले पायो  स्वतन्त्रता

पूर्व मलाया तथा अहिलेको मलेसियाले ३१ अगस्ट १९५७ मा व्रिटीशबाट स्वतन्त्रता पाएको थियो । दक्षिणपूर्वी एशियाली मुलुक मलेसिया १८ औ शताब्दीमा ब्रिटीश सम्राज्यको उपनिवेश थियो । सो समयमा मलेसियाले ठूलो मात्रामा रबर उत्पादन गर्दथ्यो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...