तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ३० अगस्तले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँः

लेनिनको हत्या प्रयास

३० अगस्त १९१८ का दिन भ्लादमिर लेलिनको हत्या प्रयास भयो । त्यो दिन उनलाई दुईपटक गोली हानियो । गोली प्रहार हुनुअघि उनले मजदुर फ्याक्ट्रीमा भाषण दिएका थिए । लेलिनमाथि गोली चलाउने व्यक्ति सोशलिस्ट पार्टीका फान्या कैपलन थिए । घटनापश्चात गृहयुद्धमा फसेको रसिया थप युद्धग्रस्थ भएको थियो ।

भ्लादमिर लेलिनको जन्म १८७० मा भयको थियो । लेलिनले सानै उमेरमा विविध विषयको अध्ययन गरिभ्याएका थिए । १८८७ मा उनका दाइलाई मृत्युदण्ड दिइएको थियो । यही घटनाबाट रुसको जनवादी क्रान्ति निर्णायक बिन्दुतिर प्रस्थान गरेको थियो । 

लेलिनले १८९० सम्ममा मजदुरहरूको हितका लागि एउटा मार्क्सवादी संगठनको निर्माण गरेका थिए । १८९५ मा उनलाई त्यहाँको सत्ताले गिरफ्तार गरी तीन वर्षका लागि साइबेरियामा कैद गरियो । तर, लेलिनले हिम्मत हारेनन् । पछि १९०२ मा ‘व्हाट इज टु बी डन’ नामक क्रान्तिपत्र प्रकाशित गरे । 

क्रान्तिपत्रमा उनले कसरी क्रान्तिमार्फत रुसमा समाजवादको स्थापना गर्न सकिन्छ भन्ने कुरा स्पष्ट पारेका थिए । १९०३ बाट उनले पार्टी निर्माण गरे तर १९१२ पार्टीमा विग्रह देखियो । तत्पश्चात उनले आफ्नो पार्टीलाई बोल्शेविक भन्न थाले । 
बोल्शेविकले रुसका सर्वसाधारणलाई रोटी, जमिन र शान्ति स्थापनाको बाचा गर्यो र त्यसका लागि सशस्त्र क्रान्तिको उद्घोष गरे । १९१७ मा रुसमा क्रान्ति भयो । 



पूर्वी टिमोरबारे जनमतसंग्रह

सन् १९९९ को ३० अगस्टमा  पूर्वी टिमोरलाई इन्डोनेसियाभित्रै अझै बढी स्वायत्त अधिकार दिने वा स्वतन्त्रता राष्ट्र घोषित गर्ने भन्ने बारेमा जनमतसंग्रहको घोषणा भएको थियो । सन् १९६९ देखि पोर्चुगलको उपनिवेश  इस्ट टिमोरलाई सन् १९७६ मा इन्डोनेसियाले लिएको थियो । हिंसाबीच भएको जनमतसंग्रहले स्वतन्त्रताको पक्षमा मतदान गरेको थियो । अन्ततः २० मे को २००२ मा इस्ट टिमोर स्वतन्त्र राष्ट्र बनेको थियो ।

अजरबैजान बन्यो स्वतन्त्र राष्ट्र

मध्य एसियाली मुलुक अजरवैजान सन् १९२०देखि सोभियत युनियनको एउटा महत्वपूर्ण भाग थियो । सन् १९९१ को डिसेम्बरमा सोभियत युनियनबाट स्वतन्त्र हुने वा उसकै अधिनमा रहने भन्ने बारेमा जनमतसंग्रह भएको थियो । जनमत संग्रहमा अधिकांशले स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए ।

अन्तरिक्षमा पुग्ने पहिलो अफ्रिकी मूलका अमेरिकी

गिउइन स्टिवार्ट ब्लुफोर्ड अन्तरिक्षमा पुग्ने पहिलो अफ्रिकी मूलका अमेरिकी हुन् । अमेरिकी हवाई फौजका पाइलट तथा एसटीएस–८ को कारिन्दा ब्लुफोर्ड सन् १९८३ को ३० अगस्टमा नासाको अन्तरिक्ष यान च्यालेन्जरबाट अन्तरिक्षको यात्रा तय गरेका थिए ।

वासिंगटन डिसी र मस्कोबीच टेलिफोन हटलाइन

शितयुद्ध उत्कर्षमा पुगेको बेला तथा क्युबेली मिसाइल हमलाका कारण अमेरिका र रुस युद्धका लागि आमने सामनेको स्थितिमा पुगेकै बेला सोभियत युनियन र अमेरिकाबीच सन् १९६७ मा हटलाइन टेलिफोन सेवा सुरु भएको थियो ।  ६ दिने अरब–इजरायल युद्धको बेला पहिलो पटक १९६७ मा हटलाइन सेवा सुरु गरिएको थियो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...