तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २८ अगस्तले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँः

यहुदीहरूको नृशंस हत्या

२८ अगस्त सन् १९४१ का दिन युक्रेनमा २३ हजार यहुदीहरूको नृशंस हत्या भएको थियो । हत्या भएका यहुदीहरू हंगेरीका थिए । उनीहरूको हत्या जर्मनीका नाजी सैनिकहरूले गरेका थिए ।

जर्मनीले सोभियत संघमाथि हमला गरेको त्यो समयमा द्वितीय विश्वयुद्ध चरम उत्कर्षमा पुगेको थियो । सोही क्रममा जर्मन सैनिकहरूले युक्रेनमाथि समेत कब्जा गरेका थिए । २६ अगस्तको दिन हिटलरले बेनिटो मुसोलिनीलाई युक्रेनको बर्बादी हेर्न आमन्त्रण गरेका थिए । उनको आशय थियो, जर्मनीले युक्रेनमाथि जीत हासिल गरिसक्यो । 

युक्रेनको उक्त स्थान जर्मन सेनाले सम्पूर्ण रूपमा ध्वस्त गरिदिएको थियो । घटनापछि युक्रेनमा जर्मन सैनिक विरुद्ध विद्रोह शुरू भयो । आफूविरुद्धका सबै विद्रोहहरूलाई जर्मनीले कुल्चियो । अनेकौँ युक्रेनवासीहरूलाई यातनागृहमा हालियो तर जर्मनीले असली बर्बरता भने यहुदीहरूका लागि बचाएर राखेको थियो । 

सोही समयमा हंगेरी हजारौँ यहुदीहरूलाई देशनिकाला गरेको थियो । उनीहरू युक्रेनमा शरणार्थी बनेका थिए । जर्मनीले युक्रेन कब्जा गरेसँगै त्यहाँ शरणार्थी जीवन बिताइरहेका हजारौँ यहुदीहरूलाई जर्मनले हंगेरी फिर्ता जान आदेश गर्यो । तर, हंगेरीले उनीहरूलाई प्रवेश दिएन । 

तत्पश्चात, जर्मन सेनाका एक क्रुर र निर्मम जनरल फ्रान्ज जेकलेनले हजारौँ यहुदीहरूबाट मुक्त पाउने अमानवीय योजना बनाए । योजनाअनुसार, १ सेप्टेम्बरसम्म सम्पूर्ण यहुदीहरूलाई मारिसक्ने योजना बनाइयो । तर, यो काम जर्मन सैनिकले एकैदिनमा समाप्त गरिदियो । 

२८ अगस्तको त्यो दिन हिटलरका सेनाले २३ हजार यहुदीहरूलाई खुला मैदानमा उभ्यायो र उनीहरूमाथि अमानवीय रूपमा मेसिन गनबाट गोलि हानियो । हजारौँ नृशंस यहुरी मरे । केहीलाई जिउँदै चिहानमा गाडियो । 

द्वितीय विश्वयुद्धको अन्त्यसम्म युक्रेनमा करिब ६ लाख यहुदीहरूको यसरी नै हत्या गरियो ।


शरणार्थी शिविरमा रहेका यहुदीहरू । फोटोः विकिपिडिया


डा. मार्टिन लुथरको ऐतिहासिक भाषण

२८ अगस्ट सन् १९६३ मा अमेरिकी नागरिक अधिकार आन्दोलनका अगुवा डा मार्टिन लथर किङले एउटा ऐतिहासिक भाषण गरेका थिए । मानवअधिकार र राजधनीतिक अधिकार समूहले वासिंगटनमा आयोजना गरेको र्‍यालीमा लिंकन स्मारक अगाडि उनले ऐतिहासिक भाषण गरेका थिए । अफ्रिकी मुलका अमेरिकीलाई रोजगारी र समानताको माग गर्दै भेला भएका २ लाख मानिसअगाडि उनले भाषण गरेका थिए । उनको ड्रिम स्पिच अमेरिकी नागरिक अधिकार आन्दोलनको प्रतिबिम्ब बनेको थियो । उनको भाषणलाई इतिहासमा अहिलेसम्मकै सम्मानित भाषण मानिन्छ ।  


फोटोः विकिपिडिया


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...