तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २७ अगस्तले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, ती विविध घटनामध्येबाट एउटा ऐतिहासिक घटनाबारे चर्चा गरौँः

२७ अगस्त १८८३ मा इतिहासको सबैभन्दा ठूलो ज्वालामुखी विस्फोट भयो । 

इण्डोनेसियाको पश्चिमी क्षेत्रमा भएको उक्त विस्फोटको आवाज तीन हजार माइल टाढासम्म सुनिएको थियो । त्यस्तै ५० माइल उचाइसम्म सो ज्वालामुखी विस्फोट भएको थियो । ज्वालामुखी पछि १२० फुट उचाइसम्मको सुनामी समेत आएको थियो । 

ज्वामुखीपछिको विध्वंसमा करिब ३६ हजार मान्छे मारिएका थिए । ज्वालामुखी विस्फोट हुने भन्ने सन्देश २० मइमै सूचित गरिए पनि यसको भयानकता यति ठूलो मात्रामा हुने भन्ने कुराको आँकलन भने थिएन । ज्वालामुखीपछि कयौँ दिनसम्म क्षेत्रमा सूर्यको प्रकाश देखिएन भने सिंगो पृथ्वीको तापक्रमसमेत घट्याे । 

इण्डोनेशियामा हाल ३० भन्दा धेरै ज्वालामुखी सक्रिय छन् । 

प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...