दाङ- फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको जनसंख्या घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनगणनामा उनीहरूको जनसंख्या घटेको देखाएको छ । राउटे बस्तीमा पुगेर गणना गर्ने गणकहरूका अनुसार राउटेको जनसंख्या १ सय ४५ रहेको छ । अघिल्लो गणनामा १ सय ५० उल्लेख भएको थियो । 

नेपालको २०६८ को जनगणना अनुसार नेपालमा राउटेको संख्या ६ सय १८  रहे पनि ६ सय ५० जना राउटे रहेको हुनसक्ने अनुमान गरिएको तथ्यांक छ । मध्य तथा पश्चिम नेपालमा फिरन्ते जीवन बिताउने राउटेको संख्या एक सय ५० उल्लेख गरिएको छ । 

२०६८ को जनगणना र २०७८को प्रारम्भिक जनगणनालाई तुलना गर्दा पाँच जना राउटेको संख्या घटेको देखिन्छ । प्रारम्भिक जनगणना अनुसार पुरुष ६९ जना र महिला ७६ जना रहेका छन् । १ सय ४५ जनसंख्या र ४८ घरधुरी रहेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले जानकारी दिए ।

उनका अनुसार गणक टोलिले राउटे बस्तीमा दुई दिन लगाएर जनगणना गरेको थियो । पछिल्लो चरणमा मृत्युदर बढेको भन्दै विभिन्न ठाउँमा फिरन्ते जीवन बिताउँदै आएका राउटे अहिले सल्यानको बनगाड कुपिण्डे नगरपालिका-३ कारागाउँ नजिक बस्दै आइरहेका छन् । 

स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्छ ।

यो समुदाय दुई महिना अघि मात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका-११ वालुवासंग्रही बाँगीरह हुँदै भेरी किनारदेखि एक सातामै सोही नगरको वडा नम्बर १ घाटगाउँमा बसाइँ सरेको थियो । 

एक सातायता राउटे पुनः नगरको वडा १ नाम्रा हुँदै अहिले वडा नम्बर ३ को काँरागाउँमा बसाई सरेका छन् । सोही क्षेत्रमा बसाइ सरेका राउटेको पनि गणना भएको छ  ।

सरकारले भत्ता उपलब्ध गराउँदै आएसँगै उनीहरूको जीवनशैली फेरिएको छ भने समुदायसँग पनि केही नजिक देखिएका छन् । राउटेको संख्यामा बालबालिकाहरू बढी रहेको उनले बताए ।

उनीहरूले परम्परागतरूपमा निर्माण गर्ने कोसीहरू समेत कम गर्न थालिएको पाइएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...