सुधा देव

सप्तरी - चितवनमा भएको एमाले महाधिवेशनमा सहभागी भएका सप्तरी सुरुंगा नगरपालिका( ३ का ३३ वर्षीय भगलु सदाको मृत्यु भएको छ । गाउँको नेताहरूसँग उनी  चितवन गएका थिए ।

भगलुको शव पाँच दिनपछि मंगलबार बेलुका घर ल्याइएको थियो । उनको दुवै खुट्टा भाँचिएको अवस्थामा छ ।

महाधिवेशनकै दिन गाडीले ठक्कर दिएपछि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनीसँगै गएका एक एमाले नेताले बताए ।

'दुर्घटनाको बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै शव जलाउन खोजेका थिए, तर राष्ट्रिय दलित मुक्ति जागरण अभियानका सदस्यरूले विरोध गरेपछि रोकियो,’ उनका छिमेकीले भने ।

पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरर दोषीलाई कारबाही, क्षतिपूर्तिको व्यवस्था र सहिद घोषणा नभएसम्म शव नजलाउने अडान लिइरहेका छन् ।

वैदेशिक रोजगारका लागि कतार जान सदाको भिसा आइसकेको थियो । घरमा एक जना मात्र कमाउनेको त्यसरी शंकास्पद मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेको छ । भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...