काठमाडौँ – वाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि कार्यान्वयनमा आएको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने भाडा बढाएकाे छ । बढेकाे भाडाअनुसार काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएकाे छ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ ।

यस्तै १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने भएकाे छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...