काठमाडौँ - मुगुमा यात्रुवाहक बस दुर्घटना भएकाे छ । आज दिउँसो करिब साढे १ बजे भएको दुर्घटनामा परी २३ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–७ पिना तपनेखोलामा दुर्घटना भएकाे हाे । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरूकाे उद्दार गर्न नेपाली सेना र समिट एयरको हेलिकोप्टर घटनास्थलमा पुगेकाे छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईको नेतृत्वमा १० जनाको टोली खटिएको छ । भने घटनास्थलबाट एक किलोमिटर दक्षिण पर्ने पिना प्रहरी चौकी मुगुबाट प्रहरी सहायक निरीक्षक जोरासिंह खड्काको नेतृत्वमा टोली घटनास्थलमा पुगिसकेको छ ।

जुम्ला मुगु सडकखण्डमा नेपालगञ्जबाट गमगढीका लागि जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस २५० मिटर खसेकाे हाे । घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर भएको जनाइएकाे छ । घाइतेहरूलाई नेपालगञ्ज ल्याइने तयारी भएकाे प्रहरीले जनाएकाे छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...