काठमाडौँ – सुर्खेतबाट मुगुतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ । सडकबाट अढाइ सय मिटर बस तल खसेको प्रहरीले बताएको छ ।
प्रदेश प्रहरी कार्यालयका निरिक्षक जीवन लामिछानेका अनुसार बसमा ३९ जना यात्रु सवार थिए । उनीहरूमध्ये अधिकांश घाइते भएको र अस्पताल लैजाने काम भइरहेको उनले जानकारी दिए । हताहतिको विवरण भने प्राप्त भइसकेको छैन ।
भे १ ख ३१ ६७ नम्बरको गाडी मुगुको छायानाथ रारा नगरपालिका –७ मा दुर्घटना भएको हो । अहिले प्रदेश प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली घटनास्थलमा पुगेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...