काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० कलाभिरमा बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।

पोखराको हरिचोकबाट घान्द्रुकका लागि छुटेको ग १ ज ६९०० नम्बरको जीप अन्नपूर्ण गाउँपालिका–१० कलाभिरमा दुर्घटना भएको हो ।

जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँचेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ९डिएसपी० सुवास हमालले बताए ।

घाइतेलाई उद्दारपछि पोखरा लगिएको छ। एसपी थापा आफैं घटनास्थलतर्फ जाँदैछन् । मृतकहरूको पहिचान खुलेको छैन । घटनाको विस्तिृत विवरण नआइसकेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...