भक्तपुर - भक्तपुरको रानीपोखरी आफ्नो मौलिक शैलीमा फर्कंदै छ । शाहीकालमा सेनाको नियन्त्रणमा पुगेको भक्तपुरको रानीपोखरी काठमाडौँको रानीपोखरीभन्दा ४० वर्ष जेठो पोखरी हो । 

भक्तपुरका राजा जगज्योति मल्लले विक्रम संवत् १६८७ मा आफ्नी रानी राजलक्ष्मीको सम्झनामा रानीपोखरी निर्माण गरेका थिए । लामो समयमा सेनाको अधिनमा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले सेनासँग वार्ता गरी खुल्ला गरेसँगै पुनर्निर्माण गरेको थियो । 

अहिले पोखरीलाई मौलिक शैलीमा चुन, सुकी, दाची अपा प्रयोग गरी उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिँदैछ । काठमाडौँको रानीपोखरी भने त्यसको ४० वर्षपछि वि।सं १७२७ मा प्रताप मल्लले बनाउन लगाएका थिए । प्रताप मल्लले आफ्ना छोरा चक्रवतेन्द्रको मृत्युपछि आफ्नी रानीको मन बुझाउन बनाएका थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...