काठमाडौँ । पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् । प्रतिनिधि सभाको आगामी चुनावमा स्वतन्त्र उम्मेदवारी दिनका लागि उनले टीभी छोडेका हुन् ।

आज बेलुका प्रसारण हुने सिधा कुरा आफ्नो अन्तिम कार्यक्रम हुने उनले बताएका थिए । उनले काठमाडौँ– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको बताइएको छ । 

काठमाडौँ २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काठमाडौँ ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको क्षेत्र हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...