काठमाडाैँ । मुलुक स्थानिय निर्वाचनको सर्मागर्मीको  माहाेलमा छ । आम जनतामा कुनै राजनीतिक दल वा दल विशेष चासो हुन स्वाभाविक हो । तर यो समय  राजनीतिक दलहरु प्रतिको तिब्र बितिष्णाको माहाेल देख्न सकिन्छ । नागरिक स्तरबाट स्वतन्त्र रुपमा परेका उम्मेदवारीहरु यसको जलन्त उदाहरण हुन् । कतिपय स्थानमा स्वतन्त्र उम्मेरदवारहरु राजनीतिक दलहरुलाई नै चुनौतिका बनेका छन् । काठमाडौँमा  सुमन  सायमी,  बालेन शाह, देखि पोखरामा गनेस पौडेल, बनेपामा बिरोचन श्रेष्ठ केही उदाहरण मात्र हुन् । स्वतन्त्रतर्फ वडा अध्यक्षमा ६, सदस्यमा १६, महिला सदस्यमा ८, दलित महिला सदस्यमा ४ जना गरी ३४ निर्विरोध निर्वाचित भई सकेको निर्वाचन आयोगले जनाइसकेको छ ।

कुल ५५ जना मेयरको प्रत्यासी रहेको काठमाडौँ महानगरपालिकामा धेरै चासोका रुपमा हेरिएको छ । एमाले तर्फका  उम्मेरदवार केसब स्थापित मनोनयन संगै  विवादमा तानिएका छन्। भने गठबन्दन तर्फबाट सिर्जना सिङको यस अघिको योगदानबारे प्रश्न उठ्ने  गरेको छ । राप्रपाबाट मदनदास श्रेष्ठ लगायत छन् । स्वतन्त्र  तर्फ  बालेन शाह तथा  सुमन सायमीको  धेरै चर्चा  छ ।र्‍यापर बालेन शाहको मिडिया चर्चा धेरै सुनिन्छ । तथापी काठमाडौँबासिका असली समस्या कस्ले बुझेको छन् ? वा बुझ्न सक्ला भन्ने प्रमुख प्रश्न हो । काठमाडौँको संस्कृति संरक्षणका अग्राणी  अभियान्ता हुन सुमन सायमी । उनी संगै स्वतन्त्र तर्फ उपमेयरमा  बिध्या श्रेष्ठले उम्मेदवारी दिएकी छन् ।

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितीको अध्यक्ष साथै उपत्यका सरोकार मञ्चक अध्यक्ष हुन  सायमी । उनि एक दशकदेखि काठमाडौँका समस्यालाई नियाल्दै आएका अभियान्ता हुन् । सायमीले सांस्कृतिक सम्पदा संरक्षणमा आफ्नो आवाज निरन्तर उठाइ रहेका छन् । उनले काठमाडौँ भित्र हुने गरेका विभिन्न समस्यालाई मध्यनजर गरी कसरी आफ्नो परापुर्वकाल देखी चलिआएका तथा रहिआएका हरेक ठुला साना जात्रा पर्व, संस्कृति, परम्पराहरुलाई संरक्षण गर्ने भन्ने कुरालाई जोड दिएका छन् । एक दशकदेखि काठमाडौँको अस्तित्व बचाउने अभियन्ता सायमि  सहरको व्यवस्थापनको लागी  फोहोर व्यवस्थापनको सपना लिएका छन् ।

उनी  भन्छन साना साना कुराहरुको व्यवस्थापन गरे उपत्यकामा मनोरेल, स्मार्ट सिटीको आवश्यकता नरहेको बताउछन् । किनकी स्मार्ट सिटिको कारण उत्पादशील भुमि नष्ट हुने उनको तर्क छ  ।
गैरन्यायिक सडक विस्तार विरुद्धको नेतृत्व देखी सम्पदा संरक्षण, खोकनाको कृषि भुमि संरक्षण आन्दोलन लगाएत अन्य विभिन्न राजधानीका समस्याहरुमा आफ्नो फ्रन्टलाइनमा बसेर जेल समेत बसेका छन । सायमीले परापुर्वकाल देखी मान्दै आएको मठमन्दिर विहार बाहास् बही, ननी, चुक, गुम्वा, चैत्य, पाटी पौवा फल्चा, गुठी, भाषा, लिपि,जग्गा जमिन  र थाक थलो सुरक्षामा लाग्दै आएका अभियान्ता हुन् ।

यस स्थानिय निर्वाचन मार्फत उनले जनताको लागि काम गर्ने अठोट लिएका छन् । उनले गैरकानुनी रुपमा विस्तार गरिएको रोडको मुद्धा लडेर नयाँ नजिर स्थापित गरेका छन् । साथै उनले भाषा, सस्कृती, मठ मन्दिर गुठी संरक्षण  गुठी बिरुद्ध आन्दोलनमा अग्रस्थानमा रहेर नेतृत्व गरेकाले आफुलाइ काठमाडौँबासीले मेयर जिताउने अपेक्षा राखेका बताउछन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

निशेष आङदेम्बे

लेखकबाट थप...