काठमाडौँ – रुपन्देही जिल्लाको मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले स्थिति सामान्य भएपछि गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको बताएका छन् ।

आइतबार स्थानीय र प्रहरीबीच मोतीपुर क्षेत्रमा झडप भएको थियो । सोही झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो ।

झडपमा प्रहरीसहित ८० जना घाइते भएका थिए । स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...