काठमाडाैँ - लेखक तथा अधिकारकर्मी खगेन्द्र संग्राैलाले आफूलाई पदक लिइदिन भन्दै गृहमन्त्री बालकृष्ण खाँणले फोन गरेकाे बताएका छन् ।  

‘गृहमन्त्री खाँणले पदक थाप्ने हो भनेर मलाई सोध्नुभाथ्यो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई सोध्नु नै मरो भावना र निष्ठाको लाख सम्मान हो खाँणजी, मैले भनेँ ।’

सरकारले संविधान दिवसका अवसरमा ९०३ जनालाई पदक दिएको थियो । उक्त सूचीमा लेखक संग्रौलाको नाम छैन । तर, पदक पाएको भनेर केहीले बधाई दिएको उल्लेख गर्दै उनले भनेका छन्, ‘पदक पाएकोमा भनेर मलाई पनि एकाध बधाई आए । पाउनु र झण्डै पाउनुमा ठूलो अन्तर छ । मैले झण्डै पाएको पदकबापत आएका बधाइलाई झण्डै बधाई मान्नुपर्ला ।’

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...