पाईंले मानव निर्मित अनेकौँ भवन तथा संरचना देख्नुभएको होला तर के कहिल्यै जनावरहरूले बनाएको आर्किटेक्ट देख्नुभएको छ रु जंगली दुनियाँमा पनि यस्ता अनेक आर्किटेक्टहरू छन्, जसले बनाएका संरचनाहरू देखेर हामी अचम्मित हुनसक्छौँ । 

द ग्रेट वाल अफ बिवर 
क्यानाडाको अल्बर्टामा आकाशबाट चीनको ‘ग्रेट वाल अफ चाइना’ जस्तै संरचना देखिन्छ तर यो मानव संरचित भने होइन । 

अल्बर्टाको जंगलमा देखिने यो पर्खाल वा बाँध बीवरहरूले बनाएका हुन् । यी बाँधहरू करिबकरिब आधा माइलसम्म लामो हुन सक्छन् । त्यसैले यो संरचना अन्तरिक्षबाट पनि देखिने गरेको बताइन्छ । 

मुसाहरूजस्तै देखिने बिबरहरूले बनाउने यो संरचना उनीहरूको घरका रूपमा रहन्छ । बिबरहरू झुण्डमा बस्ने जीव हुन् । 

चित्रमा देखिएको यो बाँध बिबरहरूले काठ, माटो र ढुंगाबाट बनाएका हुन् । यो संरचना करिब २७९० फिट लामो रहेको बताइन्छ । 

बिबरहरूले अहिले सम्म बनाएको सबैभन्दा लामो संरचना पनि यही हुनसक्ने अनुमान जीववैज्ञानिकहरू बताउँछन् । बिबरहरू पानीमा बस्न रुचाउँछन् । 



धमिरा 
सामान्यतया खुला मैदानहरूमा धमीराले बनाएको संरचना हामी सबैले देखेकै छौँ । तर, अस्ट्रेलियमा धमीराका यस्ता संरचना देखिन्छन्, जसलाई हेर्न टाढाटाढाबाट मानिसहरू आउने गर्दछन् । 

झण्डै १५ फिट अग्ला धमीराका यी संरचना अस्ट्रेलियामा आकर्षणका केन्द्र बनेका छन् । आम रूपमा धमीले बनाउने संरचना यति अग्लो हुँदैन । 

अस्ट्रेलियमा यी संरचनालाई धमीराको घर नभनी धमीराको सहर भन्ने गरिन्छ । 



द सोसिएवल विवर
आम रूपमा पक्षीहरूको गुँड स(साना हुन्छन् । तर, अफ्रिकामा पाइने एउटा पक्षी सामूहिक रूपमा बस्न मिल्ने गुँड बनाउँछ । 

वीवर नामक यो पक्षी सानो हुने बताइन्छ । आम चराहरू जस्तै यसले पनि घाँस र तिनका सिन्काहरू बटुलेर गुँड बनाउँछन् । 

विवरको गुँड २० फिटसम्म हुने गर्दछ । समूहमा बस्ने भएकाले केही समयमै यो संरचना तयार हुन सक्दछ । 
यो गुँड चिसोमा न्यानो र गर्मीमा चिसो हुने बताइन्छ । 



गौथली
गौथलीको गुँड हेर्दै अद्भुत देखिन्छ । खासगरी घरको छतमा गौथलीले बनाउने गुँड कुनै गुफाजस्तो देखिन्छ । 

गौथलीले हिलो माटोबाट गुँड बनाउने गर्दछ । जसमा गौथलीले आफ्नो र्याल चुहाउँछ, जसबाट यो अझ मजबूत बन्छ ।


 


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...