काष्टकलामा रमाइरहेका स्थायी दमकका एगन अहिले २१ वर्षका भए । उनका हातहरू कलासँग खेल्न थालेको पनि दुई वर्ष भयो । विद्यालय पढ्दाताका कुलतमा अन्जानमै फसेका उनी आफ्नै सिपमा आत्मनिर्भर छन् ।

'आम मानिसको झैँ मेरोपनि आफ्नै सपना थियो । पढ्ने । सक्षम बन्ने । अभिभावको सपना पूरा गर्ने । तर बीचमा कुलतको नराम्रो लतमा फसेँ । दुईपल्ट हिसाब सेन्टरमा पुगेँ । ....जब लतबाट मुक्त भएँ, मलाई केही ढिला भै सकेको थियो । त्यसपछि नियाले, आफ्ना अभिभावकको मलिन अनुहार । आफ्नाहरूको प्रेम । लाग्यो, म पनि त मानिस नै हुँ । केही त होला म मा पनि । त्यसपछि कुचीसँग खेल्न थाँले । हुँदाहुँदै, काष्टकलामा मन रम्यो । हातहररू केही सिपालु भए औजारहरूसँग खेल्न । अहिले वाल र स्टोन कार्भिङ पनि सिकिरहेको छु । जीवन त सिकाइको निरन्तर प्रक्रिया पो रहेछ । सिकिरहेको छु । गुमेका मेरा आमाबुवाको अनुहारको रंगहरू फिर्दै छन् । म यसैमा खुसी छु ।' काम गर्ने आफ्नै कार्यस्थलमा भेटिएका एगनले उत्साहित हुँदै भने ।


एगन


आफ्नो प्रतिभा, क्षमता आफैँले चिनेका एगन अहिले फेन्सी पनि चलाइरहेका छन् । आफ्नो सिपलाई अझै सार्थकता दिन उनी गृलको तयारीमा लागिरहेका छन् । कुलतको कारण बीचमै पढाइ छाडेका एगनलाई आफ्नो पढाइलाई जसरी नि निरन्तरता दिने सोच छ । एगन आफैँ मात्र यो काममा छैनन्, आफूभन्दा जुनियरहरूलाई पनि कला सिकाइरहेका छन् । आत्मनिर्भरताको बाटो देखाइरहेका छन् । उनले आफूले खोपेको ट्याटु देखाउँदै भने, 'कुलतबाट निस्केपछि मलाई एककिसिमको  डिप्रेसन भो । बाहिर जाने कोसिस गरे, ट्याटुले दिएन । तर अब मलाई कुनै गुनासो छैन । भूल त आफैँबाट भएको हो, बरू आफ्नै मुलुकमा आत्मनिर्भर बन्ने अठोट गरेको छु ।'

फाेटाेहरूः

















 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार