काठमाडौँ – काठमाडौँ उपत्यकामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने गरी एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आइतबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्ने विषयमा छलफल भएको हो । आइतबार बसेको बैठकले कुनै निर्णय गर्न नसकेकाले सोमबार फेरि बैठक बस्ने भएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरूलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरू दिएको भएपनि उपत्यकाको ३ वटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले आफुहरू परामर्शमै रहेको उनले बताए । त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सार्वजनिक सवारी साधनलाई सीमा तोकेर सञ्चालन गर्न दिने विषयमा छलफल भएको जानकारी दिए ।

उपत्यकामा संक्रमण दर घटेको भएपनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक/डेढ हप्ता खोल्न नहुने सुझावहरू आएको उनले जानकारी दिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार