काठमाडौं । सबल स्थानीय सरकार, समुन्नत बूढनीलकण्ठ नगरको परिकल्पना र अठोटका साथ मतदाताहरू समक्ष वाचा र प्रतिबद्धताका साथ नेपाली कांग्रेसका मेयर पदका प्रत्यासी विनोद चालिसेले आमसभामार्फत स्थानीयवासीलाई सम्बोधन गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चालिसे बुढानीलकण्ठको लागि उपयुक्त भएको बताए ।

"म यस क्षेत्रको स्थानीयवासी मात्रै होइन, गौरवशालीको पार्टीको महामन्त्री पनि हुँ । मसँग यस क्षेत्रको विकासका लागि यथेष्ट योजनाहरू छन्, त्यसको कार्यन्वयनको लागि मितव्ययी स्थान सरकार आवश्यक थियो", उनले अगाडि भने, "बुढानीलकण्ठका मेयर प्रत्याशी चालिसे मेरा क्लासमेट हुन् । बुढानीलकण्ठलाई अगाडि बढाउने योजनाहरू अगाडि सारीरहँदा मबाट यथेष्ट सहयोगहरू प्राप्त हुनेछ ।"

थापाले कम्युनिष्ट सरकारले पछिल्लो पाँच वर्षमा कुनै पनि उल्लेखनीय काम गर्न नसकेको हुनाले उनीहरूमा यसपटक भोग माग्ने नैतिक अधिकार समेत नभएको बताए । "केपी ओली यतिबेला भृकुटीमण्डपमा कांग्रेसलाई आरोप-प्रत्यारोप लगाउँदै होलान्, तर म यहाँदेखि प्रश्न गर्छु, उनी कुन आधारमा स्थानीय चुनावको लागि भोट मागीरहेका छन् ? उनले प्रजातन्त्र र लोकतन्त्रको धज्जी मात्रै उडाएका छन् ।" थापाले आसन्न स्थानीय चुनाव दैलोमै हुँदा मतदाता साक्षरतातर्फ स्थानीयवासीलाई अग्रसर हुन् अपिल गरेका छन् ।

May be an image of one or more people, people standing, people sitting and outdoors

मेयर प्रत्याशी चालिसे आफ्ना ९ प्रतिबद्द्धतासहित चुनावी मैदानमा होमिएका छन् । उनले भने, “सेवा प्रवाहमा सुधार र सुशासनयुक्त नगर प्रशासन, बस्न लायक सहर, घुम्न लायक नगरको रूपमा पूर्वाधार निर्माण, धर्म संस्कृति, कला, भाषा, साहित्य, शिक्षा तथा स्वास्थ्य, स्वच्छ वातावरण, सफा र सुन्दर नगर, रोजगारी र उद्यमशीलताः आर्थिक रूपले नमुना नगर, आफ्नै पानी आफैँले खानी, सबल र सशक्त समाज निर्माण र सूचना र सञ्चार, समृद्धिको आधार कांग्रेसको प्रतिबद्धता हुन् ।”

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार