विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक र अभिभावक दुवैको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । ललितपुरको एकान्तकुना स्थित वीरेन्द्र स्मिृति शिक्षा सदन (बेब्स एकाडेमी) को आयोजनामा शनिबार विद्यालय परिसरमा आयोजित अभिभावकसंगको बृहत अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन । उनीहरुले विगत दुई वर्ष यता विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको असरबाट शैक्षिक क्षेत्र समेत नराम्ररी प्रभावित भएको अवस्थामा विद्यार्थीहरुको पढाइलाई निर्वाध रुपमा अगाडि बढाउनका लागि विद्यालय प्रशासन र अभिभावकबीचको सहकार्य, समन्वय अझ प्रगाढ हुनु पर्ने बताए । 


      कार्यक्रममा बोल्दै अभिभावक गुण तिरुवाले विद्यालय बालबालिकाको दोस्रो पाठशाला भएको उल्लेख गर्दै पहिलो पाठशाला घर भएकोले उनीहरुको सिकाई घर देखि नै शुरु हुने बताए । उनले घर र विद्यालय बालबालिकाको लागि उत्तिकै महत्वपूर्ण हुने भएकाले दुवै ठाउँको वातावरणले बालबालिकाको सिकाईमा प्रभाव पार्ने उल्लेख गरे । तिरुवाले अभिभावकले आफ्नो छोराछोरीलाई कसरी पढाईमा सहयोग गर्नु पर्दछ भन्ने जिम्मेवारीबाट पन्छिन नहुने धारणा राखे । उनले आफ्ना नानीबाबुको शैक्षिक उन्नतिमा सहयोगी भएर घरमा पनि पढ्ने समयका साथै उचित वातावरण मिलाउनु पर्नेमा जोड दिए । 

            अन्तरक्रिया कार्यक्रममा सहभागि अभिभावकहरुले बालबालिकाहरुको पढाइ प्रति शिक्षकहरुले सदैव ध्यान दिनु पर्ने औल्याएका थिए । उनीहरुले विद्यार्थीले गृहकार्य गरेको या नगरेको बारे नियमित जाँच गर्नु पर्ने भन्दै पढाईमा ध्यान दिए नदिएको बारे चनाखो हुन आग्रह गरे ।

           अभिभावकले उठाएका जिज्ञासाको जवाफ दिदै विद्यालयका प्रिन्सीपल गणेश गिरीले बेब्स एकाडेमीमा अध्ययनरत विद्यार्थीहरुलाई देशकै अब्बल जनशक्तिका रुपमा स्थापित गर्नका लागि विद्यालय प्रशासन लागि परेको बताए । उनले विद्यालयको शैक्षिक गुणस्तरका लागि कुनै कमी कमजोरी हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै विद्यालय प्रति केहि सुझाव, सल्लाह र गुनासो भए आफूहरु जतिबेला पनि तयार रहेको भन्दै अभिभावको साथ सहयोगले नै विद्यालय सञ्चालन भइरहेको बताए ।

              प्रिन्सीपल गिरीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री, भौतिक संरचना, जनशक्ति परिचालन भइरहेकाले आफ्ना नानीबाबुको पढाई प्रति निश्चिन्त रहन आग्रह गरे । उनले शिक्षकले विद्यार्थीको उमेर, क्षमता, स्तर, रुची अनुसारको कृयाकलाप छनौट गरी उचित बसाई एवम् उपयुक्त वातावरणमा शैक्षिक सामग्री प्रयोग गरी विद्यार्थीलाई नै सकृय बनाई सिकाउने गरिएको बताए । विद्यालय समयमा हुने सबै किसिमका शैक्षिक लगायत अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुको सक्रिय सहभागिता गराइने भएकाले घरमा भएको अवस्थामा विद्यार्थीको आनीबानी बारे ध्यान दिन सम्पूर्ण अभिभावकलाई उनले सुझाए ।

                 प्रिन्सीपल गिरीले आगामी शैक्षिक शत्र २०७९ सालदेखि बीरेन्द्र स्मृति शिक्षा सदन (बेब्स एकाडेमी) आधारशीला एकाडेमीका नामले सञ्चालन हुने जानकारी दिए । उनले नयाँ शैक्षिक शत्रदेखि विद्यालयको नाम मात्र परिवर्तन हुने भएकाले हाल विद्यार्थीहरुले प्रयोग गरीरहेको पोशाकलाई नै निरन्तरता दिने बताए । नयाँ पोशाक लिनुपर्ने अवस्थामा मात्र आधारशीला एकाडेमीको लोगो अंकित पोशाक हामी वितरण गर्छौ, प्रिन्सीपल गिरीले भने जति सम्म चल्छ पुरानै पोशाक विद्यार्थीले लगाउन पाउने छन ।   


    

  
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार