भनिन्छ, 'जन्म, विवाह र मृत्यु अनिश्चित हुन्छ ।' भयो पनि त्यस्तै । बिगु गाउँपालिका, दोलखाको बुलुङ्गका म दीपक खड्का तामाङको बुबा गजधर खड्काले करिब ५ दशक पहिले आमा गङ्गा कुमारी तामाङ खड्कालाई दोस्रो श्रीमतीको रूपमा विवाह गर्नु भएको रहेछ ।

बुबाको मृत्यु भई सक्दासम्म पनि ठुली आमाका छोराहरू दाइहरूले खबरसम्म नगरेर बाहिरी व्यक्तिबाट थाहा पाउनु पर्‍यो, थाहा पाएपछि भक्कानिँदै आफ्नो गृह जिल्लाबाट राजधानी काठमाडौँ गए । पुग्ने बित्तिकै दाजुभाइ सबैले फोन अफ गरेर सम्पर्क विहीन भए, सोध खोज गर्दै बुबाको काजकिरीया स्थलमा पुगे पनि त्यहाँ दाजुभाइले प्रवेश गर्न दिएनन् । अन्ततः हार मानेर फर्केर आउन बाध्य भए । सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पुरा गरेर त्यही स्थानमा बसेर सामूहिक काजक्रिया गर्न सकिने थियो ।

२१ औँ शताब्दीको यो जमानामा पनि आर्थिक रूपले विपन्न भएको कारणले र अन्तर जातीय तामाङ समुदायको भएको कारण विभेद कायम राख्ने र व्रतबन्ध नगरेको भनी मानसिक तनाव दिई सामन्ती प्रथा कायम राख्न खोजिएको प्रति चाहिँ कतैबाट पनि चित्त बुझाउने ठाउँ रहेन।

त्यसो त समाजमा हरेक व्यक्तिमा चेतनाको विकास नहुन सक्छ तर मैले त्यहाँ दाजुभाइबाट दुर्व्यवहार, विभेद र अपमानित भएर फर्केर जिल्ला प्रहरी कार्यालय चरिकोटमा उजुरी दिँदा पनि सुनुवाइ नगरी गाउँपालिकातिर पठाउनु भयो।

मेरो आमाको करिब करिब पाँच दशक अगाडी विवाह भएको हो, विवाह पश्चात् दिनहरू बित्दै गए वि.स. २०३० सालमा आमा बुबाको विवाह दर्ता भयो । दोस्रो श्रीमतीको सन्तानको रूपमा म छोरा दीपक खड्काको जन्म भएपछि पनि मैले नागरिकता लिन र वंशगत रूपमा बुबाबाट पाउनु पर्ने अंश दाबी गर्दा पनि धेरै दु:ख दिएको सम्झन्छु, त्यो अंशबन्डा क्रममा गर्नुभएको अन्याय पनि ।

धन दौलत भनेको बाचुन्जेलको लागि भौतिक विलासीकताको साधन मात्रै हुँदा, जसले कहिल्यै आत्मिक खुसी दिन सक्दैन जस्तो लाग्छ । दाइहरू कुल बहादुर खड्का, कमल खड्का र भाउजू शारदा खडकाले कति पनि सहजीकरण नगरी फर्काइदिनु भएकोप्रति चाहिँ सधैँ खेद रहनेछ ।

स्वर्गवास हुनुभएका बुबाको उहाँहरूलाई सरह मलाइ पनि काजक्रिया बस्नुपर्ने हुन्छ, त्यसैले अहिले मेरो आमा र म आफ्नो घर गाउँमै बसेर बाँकी संस्कारगत/परम्परागत रूपमा गर्नुपर्ने सबै कार्यविधिहरू गरिरहेकै छौ।

अन्तमा: बुबाको स्वर्गमा बास होस्।

पीडित दीपक खड्का तामाङले फेसबुकमा लेखेको मार्मिक स्ट्याटस:
आज बुबा को मृत्युले mero aatma सारै रोएको छ तर त्यो शोकमा यस्तो कुरा posts गर्नु आवश्यक थिएन तर पनि लेख्न बाध्य भए समाजमा यस्तो पनि चलनचल्ती र 6ke आफ्नो बाबुको 13 दिनको पुण्यतिथि आफ्नो आफ्ना अग्रज दाजुभाइ अथवा सौतेनी दाजुभाइसँग बसेर मान्न नपाउने खालको नीति आज मैले भोग्दै छु उहाँको कृपाले लेख्न सक्ने क्षमता प्रदान भएको छ तर यसको न्याय निकाय अथवा समाजले यसको निचोड निकाली दिनु हुन विनम्र अनुरोध छ म अन्यायमा छु न्यायको पाठ म समाज le पुर्न निगरानी गरी दिनुहुन्छ भन्ने ठुलो आस छ जनजाति महिलाको कोखबाट जन्मेको हुनाले अथवा निम्न वर्ग को कारणले यो अवस्था झेल्नुपर्ने हो जस्तो लाग्छ मलाई।

निज दीपक खड्काका दाजुभाइ सँग सम्पर्क गर्न खोजिएको भए पनि सम्पर्क हुन सकेन।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार