काठमाडौं - नेपालका पाँच जिल्लामा कोभिड–१९ (कोरोना भाइरस) का सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ र कास्कीमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ । 

यस्तै दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्ला ६ वटा छ । मन्त्रालयका अनुसार सुनसरी, चितवन, मकवानपुर, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा धेरै छ । 

यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको जिल्ला मुगु मात्रै छ । 

केही दिनयता नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर बढेको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार