बैतडी - मुक्त हलिया, महिला र अपांगता भएका व्यक्तिहरूको मानव अधिकार उल्लंघनका मुद्दाहरूको व्यवस्थापनसम्बन्धी तीन दिने तालिम बैतडीको पाटनमा सञ्चालन भएको छ । 

राष्ट्रिय मुक्त हलिया समाज महासंघद्वारा सञ्चालित मुक्त हलिया सशक्तीकरण परियोजनाको अयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिममा बैतडीका चार स्थानीय तह दशरथ चन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका मुक्त हलिया समुदायका व्यक्तिहरूको सहभागिता छ । 

प्रत्येक स्थानीय तहबाट तीनजना मुक्त हलिया समुदायका व्यक्तिहरू, अपांगता भएका व्यक्ति, जनप्रतिनिधि, पत्रकारलगायतको सहभागिता छ । 

तालिममा मानव अधिकार, मुक्त हलिया तथा अपांगता भएका नागरिकहरूको अधिकारका विषयमा प्रशिक्षण दिइरहेको तालिमका प्रशिक्षक तथा जिल्ला हलिया मुक्ति समाज बैतडीका अध्यक्ष रमेश कोलीले बताए । 

मानव अधिकार तथा सामाजिक रूपान्तरण अभियान नेपालका फोकल पर्सनसमेत रहेका कोलीले भने, ‘हामी सहभागीलाई अधिकारका विषयमा जानकारी गराउनुका साथै मुक्त हलिया समुदायका व्यक्तिहरूको अवस्था, सूचनाको हकलगायतका विषयमा समेत छलफल गरिरहेका छौँ । मुक्त हलियाका अधिकार सुनिश्चीत नभएकाले सरकारलाई दवाव सृजना गर्नुपर्ने विषयमा छलफल गरिरहेकाछौँ ।’

तालिममा स्थानीय तहका जनप्रतिनिधिहरूसँग मुक्त हलिया समुदायका व्यक्तिहरूले योजना माग तथा अधिकार स्थापित गर्न गरिने पहलबारे संक्षिप्त नाटक प्रदर्शन गरिएको राष्ट्रिय मुक्त हलिया समाज महासंघका पूर्वअध्यक्ष राजुराज भुलले बताए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार