हुम्ला - अन्तरजातीय विवाह गरेका हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरका १८ वर्षीय चन्द्र कामी र मुगुको सोरु गाउँपालिका–४ लिप्रुकी सुन्तली मल्लका परिवारबीच मिलापत्र भएको छ ।

मंसिर २९ मा चन्द्र बेपत्ता भएपछि उनीहरूले अन्तरजातीय विवाह गरेको घटना सार्वजनिक भएको थियो । सुन्तलीको उमेर पुगेपछि इच्छाअनुसार विवाह गरिदिने सर्तमा उनीहरू दुवैलाई अभिभावकको जिम्मा लगाइएको हो ।

माइती पक्षबाट जाहेरी नआएको, जातीय विभेद नभएको र युवकमाथि कुटपिट नभएको भन्दै प्रहरीले उनीहरूका परिवारबीच मिलापत्र गराएको हो ।
चन्द्रबहादुरले मंसिर ५ गते मल्ललाई भगाएर लगेका थिए ।

त्यसको २४ दिनपछि एक समूह आएर युवतीलाई फिर्ता लगेको थियो । त्यसै दिनदेखि चन्द्रबहादुर पनि सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएका चन्द्र ८ दिनपछि हुम्ला प्रहरीको सम्पर्कमा आएका थिए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार