काठमाडौँ- इलाम गुरुङ्ग समाज काठमाडौँले तमु ल्होसार २०७८ को उपलक्षमा  शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । इलाम वासस्थान तथा पुर्ख्यौली घर भई हाल काठमाडौँमा बसोबास गरिरहेका गुरुङ्ग समुदायले आफ्नो कला, संस्कृति तथा भाषा लगायतका सामजिक कुराहरुलाई प्रबर्द्धन गर्ने हेतुले २०५९ सालमा स्थापना भएको यस संस्थाले समय समयमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

आफ्नो व्यवसाय, कलाकारिता लगायत अन्य भिन्न शिलशिलाको कारण आफ्नो गाउँबाट अलग रहेर बसेता पनि आफ्नो सामजिक मूल्यमान्यता तथा संस्कृति कसरी जोगाउने र भातृत्व कायम राख्ने भन्ने जस्ता समाजिक पक्षलाई इलाम गुरुङ्ग समाजले जोड दिएको पाइन्छ । विषेश गरि इलाम जिल्लाका गुरुङ्ग जातीभित्र रहेका समाजका अगुयायी, समाजसेवी, कलाकार, खेलाडी लगायत अन्य विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कार्यरत व्यक्तित्वहरुलाई हौसला तथा सम्मान प्रदान गर्ने हेतुले यस कार्यक्रमको आयोजना गरिएको कुरा 'इलाम गुरुङ्ग समाज काठमाडौँ' का महासचिव कुमार गुरुङ्गले बताएका छन् । 

यस कार्यक्रममा चिकित्सा बिज्ञान तर्फ डा. यम प्रकाश गुरुङ्ग, डा. सोमन गुरुङ्ग, डा. उत्सव गुरुङ्ग, डा. श्लेषा गुरुङ्ग 'प्रहरी इन्स्पेक्टर', डा. प्रशन्न गुरुङ्ग, कलाकार तथा संचारकर्मी  जे.डी. तमु, गायक दिपेन गुरुङ्ग, राष्ट्रिय फुटबल खेलाडीहरु दर्शन गुरुङ्ग र छिरिङ्ग गुरुङ्ग, मिस गुरुङ्ग सिजन ४ विजेता सन्ध्या गुरुङ्ग, मिस गुरुङ्ग सिजन ४ (मोस्ट कॉन्फिडेंट) दिया गुरुङ्ग, निजामती सेवा तर्फबाट राजपत्र अंकीत द्वितीय श्रेणी अधिकृत चन्द्र बहादुर गुरुङ्ग, बौद्ध धर्मगुरुहरु लोपेन साङ्गेलेग्देन भुपेन गुरुङ्ग, दोर्जे लोपेन गणेश गुरुङ्ग, दोर्जे लोपेन कुबेर गुरुङ्ग,  विशिष्ट अतिथि श्री धन बहादुर गुरुङ्ग, प्रमुख अतिथि प्रो.डा. शेखर गुरुङ्ग, पुर्व अध्यक्ष श्री नरेन्द्र कुमार गुरुङ्ग, पुर्व महासचिव श्री बिमल गुरुङ्ग, बर्तमान अध्यक्ष श्री प्रेम बहादुर गुरुङ्ग लगायतका व्यक्तित्वहरुलाई सम्मान पत्र तथा खादा अर्पण गरि सम्मान गरिएको छ । कार्यक्रममा सोही संस्थाका विभिन्न पदाधिकारीहरुले समाजभित्रका विकृतिलाई निराकरण गरि आउने पिंडीलाई एकिकृत गरेर अगाडी बढ्नुपर्ने कुरालाई जोड दिएका थिए ।
वर्तमान अध्यक्ष श्री प्रेम गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि श्री धन बहादुर गुरुङ्ग र प्रमुख अतिथिमा प्रो. डा. शेखर गुरुङ्ग थिए ।









 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार