काठमाडाैँ - कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

बहादुरगञ्जस्थित शिवराज अस्पतालमा उपचारका लागि झाडापखालाका बिरामीहरु आउने क्रम रोकिएको छैन । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट महेश चौधरीका अनुसार अहिले पनि दिनहुँ दुई दर्जन बढी झाडापखालाका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको संख्या ८७४ पुगेको र सिकिस्त बनेका ४१ जनालाई अन्य अस्पतालमा रिफर गरेको अस्पतालको तथ्यांक छ । हाल उपचाररत झाडापखालाका बिरामीहरुको संख्या १९ छ । 

त्यस्तै कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडापखालाका कारण तीन बालबालिकासहित चार जनाले ज्यान गुमाइसकेका छन् ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार