काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले ओमानमाथि सहज जित निकालेको छ । आज भएको खेलमा नेपाले ओमानलाई ७ विकेटले पराजित गरेको हो ।

अल अमिरात क्रिकेट मैदानमा ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर १२२ रन बनायो । 

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ४ चौका र २ छक्काको सहयागमा ५२ रन बनाए । त्यस्तै आसिफ शेखले ४० रन बनाए । ४४ बल खेलका उनले ७ चौका प्रहार गरे । नेपालका लागि रोहित पौडेलले र कुशल भुर्तेलले समान ६–६ रन बनाए । 

त्यस्तै, आसिफ शेखले ४० रन बनाउँदा कुशल भुर्तेतले ६ रन बनाए । बलिङतर्फ ओमानका लागि नेस्टोर धम्बाले दुई विकेट लिए । त्यस्तै कलेमगल्लाहले एक विककेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरको ओमानले ३७ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाएर मात्र १२१ रन बनाएको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार