काठमाण्डौ । ३१ असार २०७९ शुक्रबार याक्थुङ लेखक संघ (यालेस) उपत्यका कार्य समितिको प्रथम अधिवेशनबाट लेखिका शनि लिम्बू अध्यक्षमा निर्वाचित भएका छन् ।

शुक्रबार कोटेश्वरस्थित होटल रत्नज्योतिमा सम्पन्न अधिवेशनले लिम्बूको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो । नव निर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सुनिल आङ्बो, उपाध्यक्ष उत्तम लिम्बू, इन्दु फोम्बो, सचिव मञ्जु थेगिम, सहसचिव संगीन नेम्बाङ र कोषाध्यक्ष मनमाया वनेम निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा संगीता सुहाङ, सुरज मादेन, सुस्मिता लाओती, राजा माबो, चाहना कुगेनाम्बा, सुजन आङदेम्बे र बीरेन्द्र थाम्सुहाङ निर्वाचित भएको नव निर्वाचित वरिष्ठ उपाध्यक्ष सुनिल आङ्बोले बताए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार