काठमाडौँ । किरात समुदायको सभ्यताको प्रतीक मानिने चर्चित ढुङ्गा ‘खुवालुङ’मा आधारित रहेर नाटक मञ्चन हुने भएको छ । 

साउन ६ देखि २९ गतेसम्म काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘खुवालुङ ढुंगाको बाटो’ मञ्चन हुन लागेको हो ।

यसअघि ‘जोखना’ र ‘लाटो पहाड’ नाटकबाट चर्चा कमाएका किरण चाम्लिङ राईले यसलाई निर्देशन गर्दैछन् भने पशुपति राई, मानङ लावती, इंगीहोपो कोइँच सुनुवार, अनु थापा, शक्ति राई सहित ३० जना कलाकारले अभिनय गर्ने छन् ।

नाटकमा सुनकोसी, अरुण र तमोर नदीको त्रिवेणीमा पुज्दै आइरहेको ढुङ्गाको महत्त्व के हो त ? किरातहरूले यस ढुङ्गा किन पुज्ने ? किराती र प्रकृति को नाता के हो त ? भन्ने जस्ता विचारमा नाटक रहेको निर्देशक राईले बताए ।

खुवालुङ ढुंगाको सभ्यतालाई लिएर रहेको मिथक र किराती सभ्यताको उजागर हुने नाटकमा देख्न सकिन्छ भने यस नाटकमा मदन पुरस्कार विजेता लेखक राजन मुकारुङको लेखन रहेको छ ।



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार