काठमाडौ । लिम्बु आदिवासीहरुको लोपोन्मुख लोक लय ‘केसाम’ को रेकर्डिङ सम्पन्न भएको छ । शुक्रवार पुलिस क्लबको अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । सागर केरुङ्द्वारा लिखित कृति  ‘सक्सा नु पेन्युक’ मा समाविष्ट  ‘केसाम’ लाई गोविन्द आङ्बुले लय संकलन गरेका हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषदले निर्माण गरेको हो । निरन्ता नेम्बाङ र शिव सम्बाहाम्फेले स्वर दिएका छन् भने संगीत संयोजन अशोक लोहोरुङ्ले गरेका हुन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार