काठमाडौँ । लिम्बू कथानक चलचित्र ‘रीत’ को छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौँ रातोपुलस्थित रकहाउसमा आयोजित एक समारोहविच जानकारी गराइएको हो । फाल्गुनन्द फिल्म्स प्रा.लि.ले आयोजना वरिष्ठ निर्देशक तथा चलचित्रकर्मी अशोक शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा पुर्व मेजर जर्णेल होमितकुमार लावती, किरात याक्थुङ चुम्लुङ संघीय सचिव यासेली योङ्हाङ, याक्थुङ मुन्च इत चोक सयङ लिम्बुवान प्रदेश समितिका अध्यक्ष भुपेन्द्र तुम्बाहाङ्फे, हाक्पारे पालाम सयङका अध्यक्ष रुपा आङ्बुहाङ, चलचित्र निर्देशक सागर सुब्बा, हाङ चेम्जोङ, लोकेन सांवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फाल्गुनन्द लिङ्देन फिल्म्स प्रा.लिको ब्यानरमा निर्मित चलचित्र ‘रीत’ लाई सागर केरुङ्ले लेखेका हुन् भने दिनेश लिङ्देनले निर्देशन गरेका छन् । ताप्लेजुङको सिनाम, पान्थर र काठमाडौँमा छायांकन गरिएको चलचित्रमा लक्ष्मी योङ्हाङ, बिमला खजुम, तान्छोहाङ इङ्नाम, सागर केरुङ, यासेली योङ्हाङ, प्रभु कुरुम्बाङ, दिनेश माङ्मु, राजु घिमिरे, तेज मेन्याङ्बो, सोनु थोक्लिहाङ, भिम थेबे, पुर्ण सेलिङ, नितु नेम्बाङ, एन्जिला नेम्बाङ, रत्ना लिङ्देन, नन्दु तुम्बापो लगायतको अभिनय रहेको छ भने छायांकन सुमन योन्जन, नृत्य निर्देशन दिनेश माङ्मु, शब्द यासेली योङ्हाङ, हर्क मान संगीत अशोक लोहरुङ, मान तबेबुङ, स्वर सुसन साम्सुहाङ, श्रेयासी चेम्जोङ, रहेका छन् ।

आगामी वालिहाङ तङ्नामबाट प्रदर्शन हुने चलचित्रमा होमितकुमार लावती, आशा नेम्बाङ र विष्णुकुमार इङ्नाम निर्माता रहेका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार