किनाराका साक्षीमा राजा

राजा ठ्याक्कै यहि हो र यति हो भनेर भन्न सकेको खण्डमा मात्र परिचय आवश्यकता महसुस हुँदो हो  । यसैले त्यतातिरको झमेला त्यतै छाडिदिऊ  । उनको दोस्रो कविता सङ्ग्रह तङसिङ (इको पोएट्री)सँग सम्बन्धित रहेर द मार्जिनका लागि राजु झल्लु प्रसादले केही प्रश्नहरू गरेका थिए 

प्रस्तुत छ, किनाराका साक्षीमा राजा:

राजा दाइ, यतिबेला साह्रो चिसो छ । तातो पानीको ग्लास सामुन्ने छ । तरलागिरहेछ तातो पानी केहीबेरमा चिसो होला ।’ म पर्खिन्छुकिनभने भर्खरै मलाई चिसो पानी खान मन लाग्यो । उठेर चिसो पानी ल्याउने जाँगर पनि छैन । यही पानी चिसिओस् अनि खान्छु भनेर बसिरहेको छु । तर एउटा प्रश्न क्या दाइ, ‘पानी तातेपछि चिसो पानीको प्यास किन बढ्छ?’ यस्तो स्थिति कत्तिको फेला पर्नुहुन्छ दाइ तपाईँलाई पढ्दा मलाई यस्तै-यस्तै हुन्छ । अब एक्चुअल प्रश्नमा आउँछु - तपाईँ चिसो पानी किन तताउनुहुन्छ जम्नु पनि पानीकै नियति हो निहोइन र दाइ ?

जम्नु पानीको नियति हो । उम्लनु पाउनु पानीको मोक्ष ।
पानी जमिरहँदा पानी हो । तातिँदा बाफ । 
पानी तातिएपछि जब १०० डिग्री सेल्सियसको तातोले यसका अणुहरूलाई फुटाइदिन्छ नि तब पानीको मृत्यु हुन्छ । र त्यहाँबाट अवतार हुन्छ बाफको । प्रकृतिमा हुने तरल स्थितिबाट वायवीय स्थितिको कायापलटको यो खाले गुणात्मक फड्को समाजलाई पनि चाहिन्छ । मानिसलाई पनि ।
कहिलेकहीँ जम्नु पनि मजाको विषय हो नि झल्लु ! तिमी जिन्दगीमा कतिचोटि जमियौ र नै त फेरि चल्यौ । हिँड्यौ । अघि गयौ । उफ्रियौ । बाघले मिर्गलाई झम्टिनुअघि उ जम्छ कि जम्दैन त ? तुफान आउनअघि बादल जम्दैन त ? खेलौना चलाउनअघि घुमाइएको चाबी जम्छ कि जम्दैन ?      
झल्लुको सवाल गर्ने कायदा छ । यो कायदाको कायल भएँ म । उसले पछि सोध्नु पर्ने सवाल अघि राख्यो । क्यामोफ्लाज गर्छ ऊ सवालहरूको । ताकि उत्तर दिने उसको विचारको अन्योली झाङमा शिकार परोस् । सहजै । “पानी तातेपछि चिसो पानीको प्यास किन बढ्छ ?” यो सोध्यो झल्लुले उत्तरको चङ्गालाई कन्फ्युजनको हाँगामा झुन्ड्याइदिन ।
यसको उत्तर फिजियोलोजीमा हुनुपर्ने । लु गुगल गर है केटा । 

एउटा प्रश्न छ क्या दाइ, ‘प्रश्न-उत्तर बिच कविता कहाँनेर रहन्छ’ भन्ने । अर्को प्रश्न पनि छ, ‘कविता प्रश्न हो भने उत्तर के होला र कविता उत्तर हो भने प्रश्न के रहला’ भन्ने । कुनै तेस्रो प्रश्न पनि छन् र दाइ ?

कहिलेकाहीँ कविता आफै प्रश्न हो । कहिलेकाहीँ उत्तर ।
कविता प्रश्न र उत्तरको दोसाँध पनि हो ।
कहिले चाहिँ कविता न प्रश्न हो, न उत्तर ।
खासमा प्रश्न र उत्तरको अन्तर्विरोधमा कविता कविता हुन्छ जस्तो लाग्छ ।
कविता प्रश्न हुँदा ‘प्रति-कविता’ उत्तर हुन्छ कि । अनि कविता उत्तर हुँदा, त्यसको ‘प्रति-कविता’ प्रश्न भएको हुन्छ कि ।
तेस्रो प्रश्न त प्रश्नहीन इलाकामा छ : प्रश्नहीन इलाका ।
जहाँ न त सोध्नुको झन्झट छ, न भन्नुको ल्याङ । जहाँ न जान्नुको पीडा छ, न नजान्नुको आनन्द । जहाँ न हुनुको चुनौती छ, न नहुनुको जड़त्वबोध । त्यहीँ एकखाले कविताको कालजयी ‘सत्त्व’ छ । सबै खाले होइन है फेरि झल्लु ।


May be an image of book and text that says "soon in your hands For Pre-Booking #201 +91 891 87 09 009 900 23 20 631"


एउटा सिल्ली कुरा सोध्छु । तपाईँका कविताहरूले कहिलेकाहीँ तपाईँलाई सोधेका छन्, ‘राजा तँ को होस् ?’ तपाईँ के उत्तर दिँदै हुनुहुन्छ कि तपाईँको कुनै प्रतिप्रश्न रहन्छ ?

सिल्ली कुराले मेरो दिल हर्छ रे ।
सद्दे कुरा गर्नेहरू सधैँ सद्दे हुने ग्यारेन्टी नै के?
यत्तिखेर मलाई महान् खलिल जिब्रानको एउटा पाठ्यांश याद आयो । उनले लेखेका छन्, कतै – जिन्दगीमा म एकैचोटि मात्र निरुत्तर बनेको छु । त्यो हो जब मलाई कसैले सोध्यो – तिमी को हौ?
उस्तै उस्तै हो कुरा त । हामी सबैका लागि ।
हामी किन कहाँबाट कसरी आयौँ भन्ने कुराको भेउ हुन त इतिहासको कोखमा छ । रस्ताफेरियन दर्शन गाउने-बाँच्ने कल्ट बब मार्लेले आफ्नो फेमस गीत बफेलो सोल्जर्स-मा भनेका छन् – तिमीले तिम्रो इतिहास जानेछौ भने तिमी कहाँबाट आएका हौ, त्यसको भेउ पाउनेछौ ।   
मान्छेले उसको जरा भुल्छ । र सत्ताले उसलाई पिस्छ । यही मान्छेको ठूलो युगीन ट्र्याजडी हो । 
मान्छेले खोज्दैन उसका जराका तन्तुहरू कहाँबाट हाँगिएका हुन् । र व्यवस्थाले उसलाई गुलाम-औजार बनाउँछ ।
मान्छेले आफ्नै अनुहार हेर्न ऐनाको सहारा लिन्छ । र समयले उसलाई यन्त्र बनाउँछ ।
मान्छेको यही स्मृतिहीनता र स्व-अलगावको कारण धार्मिक गुरुहरूको धन्धा फस्टाएको छ । उनीहरू जो जो जहाँ जहाँ बसेर व्यापार चलाइरहेका किन नहोउन् – सबैको एउटा मन्त्र छ – आत्मज्ञान । अपने आप को पहचानो !
बाइबलले भन्यो – नो दाइसेल्फ । सनातन दर्शनले भन्यो – आत्मज्ञान ।
जुग जुगदेखि दर्शनशास्त्रको यही ठूलो क्वेरी छ र नै बाँचेको छ मान्छेको अस्तित्व । मान्छेले ऊ को हो त्यो नजान्नु र जान्न नसक्नुकै कारण पनि मान्छेको सत्त्व विद्यमान छ कि । यो स्व-अज्ञानताको आफ्नै बिउटी पनि त छ ।
र, यही नै त मोटिभेसनको स्रोत पनि हो – मान्छेले आफैलाई आफैमा र प्रकृतिमा खोजिरहनुको ।  

यतिखेर जौन साहेबको बेसुमार याद आइरा'छ । उनको एउटा शेर छ, “वो जो न आने वाला है, ना उस से मुझ को मतलब था, आने वालों से क्या मतलब आते हैं, आते होंगे ।” तपाईँको आउन लागेको किताब ‘तङसिङ’-को लागि बधाई दाइ । आउँदैछ । आइपुग्छ । पढ्छु । तर, मलाई यसपछि के आउला भन्ने लागेको छ । सँगै, एउटा सर्जकका निम्ति ‘नयाँ कृति’ आउनु भनेको कस्तो कुरा रहेछ दाइ ? ‘यतातिर केही ठिसलालहरूले छोरो पाउनु जस्तै हो’ भन्दिरा हुन्छन् । हो र ? हेहे ...

एउटा सर्जकका निम्ति ‘नयाँ कृति’ आउनु भनेको छोरी पाउनुजस्तै हो लाग्छ ।
किसानको घोर परिश्रमपछि फलेको फसलजस्तै हो । फसल कुह्यो भने त्यसको पीडा किसानसँग छँदैछ । लेखकको किताब कुह्यो भने त्यो अपराधबोध लेखकले कबुल्नुपर्छ । म तयार छु ।
मजदुरको अटुट मिहिनेतपछि बनेको बाटो हो । त्यो बाटो नोव्हेरको बाटो हो भने मजदुरको हाजिरा नपाक्ला । लेखकको किताबले कुनै बाटो नखने लेखकलाई समाजले फाल्नुपर्छ । म तयार छु । 

हरेक हजुरबुबा पुस्ता हरेक नाति पुस्तालाई भनिरहेका छन्, ‘तँ निल्ने नहुनूनिल्नेहरूलाई उगेल्न लगाउने हुनू ।’ तरहरेक छोरा पुस्ताहरू नै पृथ्वी (पर्यावरण) निलिरहेका छन् । हरेक छोरा पुस्ताहरूमा पृथ्वी’ निल्नै पर्ने बाध्यता सिर्जित किन पो भइरहेको हाउ दाइ युएनमा अस्तितिर डाइनोसर आइराथ्यो । काठमाडौँका छोरा पुस्ताहरू नीर शाहको आवाज सुनेर गलल... हाँस्दिएँ । कहिलेकाहीँ त लाग्छ के - यो पृथ्वी निल्नमा मेरो पनि बरोबर हिस्सेदारी छ । तपाईँ तङसिङ’ लेखेर यो पापमोचनको यात्रामा लागेको हो छोडौँ दाइपुण्य (गौतम) भृकुटीमण्डपमा अझै पनि कुर्सी तोडिरहेको छ

‘तङसिङ’ लेखेर पापमोचन हुने भए त यार (?) ! तर यो मेरो भागको प्रायश्चितसम्म चाहिँ होला ।
र, म मान्छु - यो पृथ्वी निल्नमा मेरो पनि बरोबर हिस्सेदारी छ । यो हिस्सेदारीलाई सक्दो घटाउने चेतनाको यात्रामा मेरो लेखन छ । अहिलेलाई ।
मैले लेखेको त मात्र कविता हो झल्लु ! परिवर्तन त समाजको हातमा छ र समाज सत्ताको हैकममा छ ।  

तपाई कविलेखकगीतकारअनुवादकअभिनेता अनि कलाकार । इतिहासभन्दा जेठो आदिवासी धुवाँका मुटुहरू किन यसरी छरपष्ट भइरहेका छन् दाइ म पनि धेरै थोक गरिराछु । रसिक दाइमोहित सबको उस्तै छ । अस्ति मनोज दाइलाई कति छरपष्ट भएको भन्दा भन्दै हुनुहुन्थ्यो - म अस्थिर छुयसकारण जिउँदो छु ।’ दाइले मिठो आन्सार दिनुभयो । अब तपाईँलाई सोध्छुहामी सबै डबल-चौबर भूमिकामा किन पो छौँ हाउ दाइ यो सब बन्द गरेर भात खाने सुत्ने’ गरे कम्ता मजा हुँदो होहै ?

युरोपमा विश्वयुद्धपछि चलेको बोरडमको आन्दोलनको कुरा पो गरेको हो कि झल्लुले । सब बन्द गरेर ‘भात खाने सुत्ने’ गर्ने क्या मजा आउला । तर होइन यस्तो । सोच्नु नि – झल्लु कहिल्यै मर्दैन रे । उसले अजम्मरी बुटी पायो रे । झल्लुले त्यसपछि न कविता लेख्ला न यो फकीर राजाको कबाड़ इन्टरभिउ लेला । न रसिक, मोहित, मनोजहरू के के चकचकहरू गर्लान् । सबै फोकटमा बरबाद हुने थिए ।
हामी मर्छौँ र त्यो पनि छिट्टै । यही मृत्युबोधले त हो के के गराइरहने ।
अनि डबल-ट्रिपल भूमिकामा चाहिँ एक ठाउँ जमेर बस्नु नचाहनुले हो । जमेर बस्नु नै मर्नु हो सास फेरेरै भए पनि । सास फेर्नु मात्र बाँच्नु होइन नि झल्लु ।
बाँच्नु भनेको त आफ्नो पाइलाको किरिङमिरिङ जिगज्याग धर्साहरू एक टुक्रा समयको छालामा कोरिराख्नु हो ।      

अब छोटो प्रश्नहरू गर्छु ।  उता चिलीमा निकोनार पार्रा र पाब्लो नेरुदाको दोस्ती थियो । यता राजा पुनियानी र मनोज बोगटीको । अरुन्धती भनेको भन्यै छिन्, ‘भारत मूर्खहरूको देश बन्दैछ ।’ असहिष्णु बन्दै गइरहेको भारतमा हस्तक्षेप आन्दोलन’ चाहिँ के भन्दै छ दाइ दक्षिण एसियाभरमै हस्तक्षेप’ खाँचो हो कि जस्तो लाग्छ । दक्षिण एसियाकै साहित्यिक-भाषिक सत्ता कस्तो पाउनुहुन्छ प्रश्न लामो भयो हैछोटोमा यति सोध्न लागेको, ‘हस्तक्षेपले कस्तो कविताको माग गरिरहेको हो ?’

दार्जिलिङको सन्दर्भमा वा भारतमा बस्ने नेपाल भाषीहरूको सन्दर्भमा विशेष गरी र आम ढङ्गमा सत्ताको मार परेका कुनै पनि मानिसको सन्दर्भमा हस्तक्षेप समाजको मानसिक अभियानको प्रस्तुति हो ।
साहित्यले कहिल्यै भौतिक परिवर्तनका लागि चलाइने सामाजिक आन्दोलनलाई लिड गर्ने क्षमता राख्दैन । राख्नु हुँदैन पनि । सामाजिक समस्याको मुहान राजनैतिक अन्तरसम्बन्ध र अन्तर्घातमा निहित छ । तसर्थ सामाजिक समस्याको निराकरण राजनैतिक अभियानबाटै मात्र सम्भव छ । हस्तक्षेप त्यो अर्थमा समाजको भौतिक परिवर्तनका लागि चाहिने मानसिक प्रस्तुतिको बाटो खुलाउने अभियान हो । 
नयाँ समयले ल्याएको नयाँ सामाजिक सङ्कट, नयाँ सामाजिक अन्तर्विरोधहरूको कल्पना र वास्तविकताको  कविता हस्तक्षेपले गर्नु चाहेको कविता हुनेछ ।

माथि पुनियानी भन्दै आएँबिर्सिगएछु । अस्ति पुनियानी टाइटल हटाइदिँउ न’ गर्दै हुनुहुन्थ्यो किन भनेर सोध्नै बाँकी छ ।

मन लागेर ।
एक त पुनियानी लेखिरहनु बोर । राजा मात्र लेख्नु सजिलो ।
दोस्रो कुरा । यो हजुरको थर चैँ सोधेपछि सोध्नेलाई पुनियानी थरको बेलिबिस्तार बताउनु पर्ने ल्याङ ।
अर्को, बाबाको टाइटल लेखिरहँदा आमाको टाइटल किनारीकृत भएको महसुस हुने । पितृसत्ताको वंशवादी छायाँबाट अलि टाढा जाने प्रयास ।

अगम सिंह गिरीहरू पछिल्ला कवि/लेखकहरूसँग कत्तिको सन्तुष्ट होलान् समसामयिक सिनारीयोबारे बोल्ने मुड छ दाइ ?

गिरीहरू पछिल्ला कवि/लेखकसँग सन्तुष्टै होलान् । किनभने प्रचुर राम्रा कवि-लेखक गिरीको परम्परा र गिरीको परम्पराबाहिर भइसके ।

आजका प्लेटोहरू पनि कविहरूलाई राज्यबाट खेद भनिरहेकै छन्सत्ता मानिरहेकै छ । कहिलेकाहीँ कविताको नाममा कुन्नि के हो’ लेखेर लाजमर्दो बनाइदिराछ यताको सत्ताले । मेची पारीको सत्ता कविताप्रति कस्तो बिहेभ गर्दैछ दाइ ?

सत्ताको व्यवहार कविताप्रति उति प्रस्ट छैन । तर सत्ता रियल कवितासँग सधैँ डराउने हो । नडराएको भए पनि कम से कम सत्तालाई कविताको रिबेल आत्मासँग सधैँ डाउट छ । डाउटै नभएको खण्डमा चाहिँ कविता सत्तालाई एलर्जी त पक्कै हो । मेची पारि होस् वा वारि, जसरी सत्ताको मूल चरित्र एउटै हो, सत्ताको कविताप्रतिको व्यवहार पनि उस्तै त हो ।

बशीर बद्रको एउटा शेर छ क्या दाइ !  मैं चुप रहा तो और ग़लत फ़हमियाँ बढ़ींवो भी सुना है उसने जो मैं ने कहा नहीं ।’ तपाईँले आफ्नैबारे अरूबाट सुनेको तारिफ या गाली या साहित्यिक गल्लीहरूमा हिँड़िरहँदाको कुनै स्मरणयोग्य घटना ?

अलिअलि नाम छ र भक्कु बदनाम छु । अलि अलि जस छ र बढी अबजसे छु ।
तारिफ जति सुन्छु, अचेल विश्वास लाग्दैन । यस्तो तबदेखि भएको हो, जबदेखि तारिफको कोटभित्र फाटिएका अन्डरवेयर देख्न थालेँ । 
साहित्यिक गल्लीगल्छेंड़ीमा हिँड्दाको स्मरणयोग्य घटनाहरू त छन् । तर तीहरू मिठोभन्दा बेसी तीतो नै छन् । न्यानोभन्दा बढी चिसो नै छन् ।
खै, कुन घटनाको धागो उधारूँ, कुन घटनाको फाटो टालूँ पो भयो ।

तपाईँले लास्ट पढेको कविता कुन हो दाइ हेरेको फिल्म देखेको दृश्य सुनेको आवाज तपाईँ ठ्याक्कै एकछिनपछि के गर्नुहुन्छ ? ... कता हुनुहुन्छ कहिले आउनुभएको कता पुग्नुभएको थियो ?  सिधा सोधेको भए हुने है, ‘तङसिङबाहेक के चल्दै छ दाइ ?’

‘तङसिङ’-पछि बिटिटि केही किताब निकालिहालौँ भन्ने क्रेजी सोच छ । साथीहरू मलाई आत्तिएर मात्तिएर लड्ला भनेर हो कि, सम्झाइबुझाइ गर्दैछन् । यसो नगर राजा, यसो गर्ने होइन ।
तर मलाई चाहिँ यसपालि अट्टेरी नै गर्ने रहर छ ।
खोतालखुतुल पार्दा झन्डै एक दर्जन किताब हुने लायकको पाण्डुलिपि मसँग रेडी रहेछ ।  ‘तङसिङ’-पछि अब अलि फरक धारको, अलि नयाँ कन्सेप्टको कविता ल्याउने योजना अन्तिम फेजमा छ । त्यो किताब भारत र नेपाल दुवैतिर एकसाथ प्रकाशित हुनेछ ।

एउटा लास्ट प्रश्न है ! कल्चर अफ साइलेन्सबारे तपाईँ र मनोज दाइको गफ सुनेको थिएँ । नबोल्नेनसुन्नेनपढ्नेनभन्ने कल्चर-मा यति कुरा गरियो दाइ । ... छोडौँ दाइप्रश्न के थियो नै बिर्सिएँ यार । तपाईँको कुनै प्रश्न छ र नत्र त मैले आजलाई सक्देको है  !

के सकिन्थ्यो र ? केही भएको भए पो सकिन्थ्यो त !

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार