काठमाडौ- लिम्बू भाषाको पालाम 'सिरिजङ्गा तङ्नाम'को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित मार्ताम, रेसिवाधाम, हिगाउँ लगायत रमणीयस्थलमा गरिएको हो । बिएम थेगिमको शब्दरलय संकलन, मनि ताम्लिङ र जीतु मुरिङ्लाको स्वर, बिनय मुरिङ्लाको छायांकन रहेको पालामलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् । 



ओपेरा इन्टरटेन्मेन्ट युटुव च्यानलद्वारा सार्वजनिक हुने भिडियोमा मोनि कुमार ताम्लिङ, जीतु मुरिङ्ला, सोना सावदेन, मुनाहाङ लिम्बू, सनमाया हेम्ब्या, गंगा केरुङ, बसन्ती इजम, अमृता खाम्दाक, एसबि चोङ, आइतहाङ मुरिङ्ला, खड्गसिङ इजम, टिबि लिम्बू, एल सुब्बा, मनमाया सावदेन, आइतहाङ पाराङ्देन, सुचिता मुरिङ्ला, सुकमाया माङ्मु, सुनुहाङ्मा लिबाङ, सुकुम यङ्वागो, कविता यङ्वागो, सचिका यङ्वागु, आइतरानी यङ्वागु, पुर्णिमा यङ्वागु, बिएम लिम्बू, बुद्दहाङ यङ्वागु, लक्ष्मण थेगिम, केस लिम्बू, मंगल लिम्बु लगायतले अभिनय गरेका छन ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार