मधुरकवि उपाध्याय

पसलको एक कुनामा लुकेर बसिरहेको एक थान सेतो कपडा,

पुक्क फुलेको भुँडी देखाउँदै सुतिरहेको अर्को हाँडी,

देउताको छेउ निहुरिएर बसेको चिल्लो मोटो शङ्ख,

आकाश छेडुलाझैँ उचाइ नाप्दै निहुरिएका बाँसहरू,

आफ्नै समस्यामा भुनभुनिदै दौडिरहेका मानिसहरू,

 

हतपत आएको ग्राहकले मोल नसुन्दै झोलामा हाल्न भन्यो,

हाँडीको घाँटी समाउँदै अर्को कुद्न थाल्यो,

चिल्लो शङ्ख समाउन गाह्रो पर्दा पर्दै पनि अल्झिहाल्यो जोर अँजुलीमा,

अनि राम नामीले ढाकिएको तन्नामा लुकेर चढेको डोली

नओर्लीकनै राख्यो विभिन्न दाउरा जडित खटमा,

घुमेर केही फन्को,

फोरेर घैँटो,

चढाएर चीनीका डल्लाहरू,

झिसीदियो उसले अगेनामा

आगो झोसे झैँ

उडाइदियो हावाको साथी बनाएर

कता कता

बिचरा लास !

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार