मधुरकवि उपाध्याय

म दूध पुर्याउन डेरी जान लागेँ है !

यति भनेर कालेका बा बाटो लाग्न थाले, भान्सामा आगो फुक्दै गरेकी कालेकी आमाले भान्साबाटै कराउँदै भनी, आउँदा पचास रुपैयाँको रिचार्ज कार्ड पनि लेराउनुस है !

छोरीलाई फोन गर्नु छ । छोरीलाई फोन गर्ने कुरा सुनेपछि भुतभुतिँदै हिँड्न थाले कालेका बा । अस्ति भर्खर पाँच महिना पूरा भै छ महिना लाग्यो नाति जन्मेको पनि, आफ्नो बाबूसँग विवाह भए पछि कुरा खासै भएन कालेकी दिदीको । तर आमाले भने कहिलेकहीँ लुकेर फोन गर्ने गर्दथिन् र भएको कुरा लोग्ने लाई पनि सुनाउने गर्दथिन् तर मारुलाझैँ गरी झपारेर रुवाउने गर्थे कालेका बाउले । आफू भन्दा माथिल्लो जातको केटासँग भागेर विवाह गरेकी थिइ कालेकी दिदीले ।

बर्खाको समय थियो, दिउँसो घुममा सालको पात जोड्दै गरेका कालेका बालाई बाँसको सीन्कोले नराम्रोगरी घोच्यो कालेको बालाई । बुढा आँसु चुहाउदै पिँढिमा लडीबुडी गर्न थाले, हतासमा काठे भर्याङ् ओर्लेर  पिँढीमा लडेका बाबुलाई उठाएर सुकुलमा बसाइ निर्मलीले । नर्सिङ पढ्दैगरेकी उस्लेले प्राथमिक उपचारको भाँडोबाट औसधि लगाइ पट्टी बाधीदिइ । बा, अली ध्यान पुर्याएर गर्नुसन काम भन्दै निर्मली फेरि आफ्नो पढाइमा लागि ।
 
डेरीमा दूध खन्याउन पालो कुर्नु पर्दथ्यो, आफ्नो दुधको क्यानलाई लाईनमा लगाएर नजिकैको मेचमा बसी कालेका बा पुर्ब स्मृतिमा डुब्नलागे ।

विवाहको दिन नजिकै आउँदै गर्दा सारा समाजलाई चकित पार्दै भागेकी थिइ निर्मली । सबै कुराको बन्दबस्त भैसकेको थियो । बुढालाई निर्मलीको रोजाइमा हैन, कुण्ठित मनोदशाको नतिजामा निक्लेको विचारप्रति धेरै रिस उठेको थियो । मनमा यस्तै कुराहरू खेलाउँदै मेचमा ढल्केका कालेका बा एकाएक मुर्छा परेर भुइँमा ढले ।

कतै देखेको अनुहारको सानो फुच्चे केटा नजीकै बसेर टुलुटुलु हेर्दै थियो । भित्तामा चीनेकै अनुहारको फोटो टाँगिएको  थियो । सधैं भन्दा फरक ठाउँमा आँखा खोलेका कालेका बाले एकएक छोरी निर्मलीलाई आफ्नो छेउ देख्दा फेरि रनभुल्लमा परे ।  

बा तपाइँको प्रेसर लो भएछ, भन्दै निर्मली छेउमा बसी,
उठ्नु भयो बा भन्दै निर्मलीको लोग्ने कोठाभित्र छिरे । बुढा के बोल्ने के नबोल्ने भनेर दोधारमा पर्दै गर्दा निर्मलीलो ससुराबाले बूढो आवाजमा भने, सम्धीज्यु हजुर दूधडेरीमा लडेपछी मैलेनै यहाँ ल्याएको हुँ । सम्धीको अनुहारमा अचम्मको खुसी देखिन्थ्यो ।

केही समयपछि म अब जान्छु भनी निर्मलीका बा छोरीको घरबाट निस्कन मात्र लागेका के थिए उता भित्रबाट आवाज आयो ए छोरा, त्यो ओछ्यान सुन पानीले छर्कीहाल त ।

सदरमुकाम जाने बस पक्डिएर कालेका बा सरकारी अस्पताल मा पुगे र डाक्टरलाई आफ्नो व्यथा बताए ।

साँझ अबेर घर आइपुगेका श्रीमानलाई निराश देख्दै थिइन् कालेकी आमा । बालाई हात मुख धुन इनारबाट पानी निकाल्न कालेलाई अर्हाएर भात पस्केर ठिक्क पारिन् उनले ।

केही नबोली पिर्कामा बसी भातको औसनी हाल्न लाग्दा झस्किँदै सोधिन् कालेकी आमाले, आमै के भयो तपाईंको औंलामा ? अनि रिचार्ज कार्ड ल्याउनु भयो त ?

झम्टौला झैँ गरी श्रीमती  नजीकैको मोबाइल भुइँमा बजार्दै भने कालेका बाले, औँलाको खिलले धेरैनै दुखायो, आज फालेर आए !

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार