जलविधा नेपाली साहित्यमा स्थापित र लोकप्रिय भइसकेको छ । मोतीराम भट्टदेखि आजसम्म आइपुग्दा यसले कयौँ योगदान कमीकमजोरीलाई समेत साथै लिएर अघि बढिरहेछ ।

योगदानको कदर र कमजोरीलाई करेक्सन गर्दै लानुको विकल्प छैन । 

साहित्यमा लाग्न रुचाउने धेरै युवापुस्तहरूको पहिलो रोजाई गजल नै हुने गर्दछ । भलै भविष्यमा अन्य विधामा पनि पाइला चालून् । साहित्यिक विधाको प्रवेशद्वार हो गजल । आज सामाजिक सञ्जाल, मञ्च, कृति, सञ्चार जताततै गजलले लोकप्रियता पाइरहेको छ । यद्यपि हामीले हाम्रो बहुलता जस्तै, देश, भूगोल  जस्तै गजललाई पनि अनुहार दिन भने धेरै बाँकी नै छ । सामर्थ्यवान सृजना फेरि पनि मुख्य कुरा हो । गजललाई सर्जकले जसरी लेखे पनि हामी सम्मान गर्छौं । सृजनामा खुल्ला बहस हामी चाहान्छौँ । वैचारिक विविधतालाई हामी स्विकार्छौं ।

गजलको अनुहार’ गजलको समग्रताको अभ्यास हो । यो तपाईं हामी सबैको साझा ‘स्पेस’ हो । आउनोस् यसलाई मिलेर सजाऔँ ।





 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार