काठमाडौँ - नासासहित ६ अन्तरिक्ष संस्थाले सञ्चालन गरेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट कैद गरिएका नेपालसँग सम्बन्धित चार तस्वीर हामीले यहाँ राखेका छौँ । 


मार्च २७, २०१९ मा लिइएको यो तस्वीरमा चीन, नेपाल र भारतको सतहबाट २५६ माइलमाथि परिक्रमा गरिरहेको सोयुज एमएस- १२ क्रु सिप देख्न सकिन्छ ।


यो तस्वीर फेब्रुअरी ११, २०२१ मा लिइएको हो । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले उत्तरी पाकिस्तानको सतहदेखि २६३ माइल उचाइ माथिबाट लिएको तस्वीरमा भारत र नेपालबाट चीनलाई अलग गर्ने हिमालहरू देख्न सकिन्छ ।


अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट जनवरी ६, २०११ मा लिइएको यो तस्वीरमा सगरमाथाको उत्तर पश्चिमी किनार वरपरका हिमनदीहरू देखिन्छ ।


सन् २०१९ को जुन १७ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वी कक्षमा छोडिएका ‘नेपाली स्याट (१’ सहित जापान र श्रीलंकाका नानो स्याटेलाइट ।


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...