काठमाडाैँ - नेपाल विद्युत् प्राधिकरणले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण बिजुलीका तार (केबल) अन्डरग्राउन्ड गर्ने कामले गति लिन नसकेको स्पष्ट पारेको छ ।  

आज मङ्गलवार काठमाडाैँमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण बिजुलीका तार (केबल) अन्डरग्राउन्ड गर्ने कामले गति लिन नसकेको र समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको पनि जानकारी दिए । 

नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दै उनले झन्डै ९५ प्रतिशत नेपालीको घरमा विद्युतीकरण भइसकेको र त्यसले पनि सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पुर्‍याउन सहयोग गरेको बताए । 

प्रबन्ध निर्देशक घिसिङले नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताबाट वार्षिक झन्डै ७० अर्ब आयआर्जन गरिरहेको जानकारी पनि दिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...