काठमाडाैँ । धनुषाको कमला नगरपालिका–१ का वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका सर्वदेव यादवका बुवामाथि धारिलो हतियार प्रहार भएको छ । आफ्नै घरमा सुतिरहेका उम्मेदवार यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि गए राति धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...