काठमाडौं- काठमाडौं उपत्यकामा १ हजार ९ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १,४४९, ललितपुरमा ३१७ र भक्तपुरमा १५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् । 

यस्तै, काठमाडौं उपत्यका बाहिर कास्कीमा १३१, मोरङमा १०५, चितवनमा ६६, मकवानपुर र रुपन्देहीमा ६२-६२ जनामा कोरोना पुष्टि भएको उनले बताइन् । 

उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७१ जना कोरोना संक्रमणमुक्त हुँदा एक जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...