एजेन्सी-  साउदी अरबमा कोभिड १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परे सँगै हालसम्म २२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ ।

आजै नाइजेरियामा समेत २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।  

 नयाँ भेरियन्ट फैलिएका २२ मुलुकमध्ये युरोपमा १२ वटा छन् । विभिन्न सञ्चारमाध्यमका अनुसार युरोपमा बेलायतसहित अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इटली, पोर्चुगल, स्पेन र स्विडेनमा ओमिक्रोन फेला परेको छ ।

 एसियामा जापानसहित इजरायल, दक्षिण कोरिया र हङकङमा ओमिक्रोन फेला परेको छ ।

त्यस्तै, अष्ट्रेलियामा क्यानाडा र बोत्स्वानामा पनि ‍ओमिक्रोन पुष्टि भइसकेको छ ।
अफ्रिकामा पहिलोपटक यो भेरियन्ट देखिपछि सो भाइरसको नियन्त्रणका लागि विश्वका कतिपय देशहरुले अफ्रिकी देशहरुसँगको यात्रामा प्रतिबन्ध लगाएका छन् ।

विश्व स्वास्थ्य संगठनले यो भेरियन्टले विश्वका केही क्षेत्रमा नराम्रो प्रकारले असर गर्न सक्ने र गम्भीर परिणामहरू निम्त्याउन सक्ने भन्दै यसबाट बच्नका लागि जन स्वास्थ्यका मापदण्डहरु अपनाउन अनुरोध गर्दै आएको छ ।

(एजेन्सीहरूको सहयोगमा)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...