काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ९३७ जना कोरोनामुक्त भएका छन् । त्यस्तै, सोही समयमा थप ५९१ जनामा संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

हाल सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...