काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोनामुक्त भएका छन् । त्यस्तै सोही समयमा थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ हजार ५९४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३६५ जनाको नतिजा पोजिटिभ आएको हो । तीन हजार ६७१ नमुनाको पीसीआर परीक्षण गर्दा ३२६ र एक हजार ९२३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण चारजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...